ध्वंशपछि निर्माण हुने प्रायः सुनिंदै आएको हो । कतै शत्रुराष्ट्रसँग युद्ध त कतै गृहयुद्धको भुमरीमा परेका विभिन्न राष्ट्र छन् । तीमध्ये कैयन समृद्धिको दिशातर्फ उन्मुख छन त केही समृद्धिको माथिल्लो रेखा उक्लिंदै छन । लामो समय युद्धको पीडा व्यहोर्नुपरेको राष्ट्रमा भियतनाम पनि एक हो ।
पछिल्लो समय भियतनामले आफ्नो ध्यान पूरै आर्थिक सम्पन्नतातर्फ केन्द्रित गरेको छ । सन् २०२३ मा ६ सय ८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको सूचाङ्क सार्वजनिक भएको छ । द्वन्द्वका विभिन्न चरणबाट नेपाल पनि गुज्रिएको राष्ट्र हो ।
नेपालमा क्रान्ति, नवक्रान्ति, जनक्रान्ति, आन्दोलन, जनआन्दोलन, जनयुद्ध जस्ता विभिन्न नाममा भए-गरिएकारचलाइएका द्वन्द्वको मूल उद्देश्य राजनीतिक परिवर्तन नै रहे । सबैजसो आन्दोलनका अगुवारनेतृत्वकर्ताले राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन निश्चित हुने र त्यसबाट देश समृद्धितर्फ लम्कने, समाजरपरिवार सुखी र खुसी रहने ठूला आसरसपना देखाए । तर, विडम्बना भन्नुपर्छ कि जहाँनिया राणातन्त्र, प्रजातन्त्र, निरंकुश भनिएको पञ्चायती एकतन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको बाटोमा आइपुग्दा पनि देश र नागरिकको समृद्धिको रेखामा तगारो उस्तै छन ।
जबकि सबैजसो तन्त्रका चरणमा सत्ताभोग गर्नेमध्ये धेरैजसो अनुहार झुपडीबाट महल पुगेका देखिन्छन । ती अनुहारसँगै स्तरको वैतरणी तर्नेमा उनैका भाइभारदार, हुक्के, ढोके, बैठके, चाकर, दलालको सूची लामै हुने गरेको छ । उता प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी जनही ८१ हजार नाघेको छ । लाग्छ– संभवतः आफु र त्यस्तै आसेपासेको स्तरवृद्धि हेरेर सत्ता सुख लिएकाहरू नेपाल र नेपालीको समृद्धिको ग्राफ कोर्दा हुन् र, त्यही हेर्दै आत्मरतिमा भुल्लिंदा छन !
कम्तिमा विकसित नभएपनि आकार र अवस्थामा ३५ वर्षअघिसम्म आफ्नो जस्तै देश कहाँबाट कहाँ र कसरी पुगे भनेर अध्ययन गरि योजना बनाउनेतर्फ लागेका भए सायद नेपाल र नेपालीले अहिलेको नियति भोग्नु पर्ने थिएन कि ? तर, सत्ताको चासनीमा डुबुल्की लाउने ध्याउन्नमा मात्र षड्यन्त्रका योजना बुन्न, आफ्ना वरिपरि जुटेका चाप्लुसरपछुवालाई गफ दिनमै व्यस्त रहने राजनीतिक अगुवारनेता भनौँदाहरूलाई राष्ट्र र नागरिकको समृद्धिका विषयमा सोच्ने फुर्सद् नै कहाँ छ र !