गजेन्द्र हमाल
मन्त्री, उद्योग वाणिज्य तथा आपुर्ति
तपाईले राजीनामा दिन लाग्नु भएको हो ?
हो, मैले आफूलाई बिबादमा राख्न चाहेन, ममाथि लागेका जुन खालका ब्लेमहरु छन, आरोप र आलोचनाले म आफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ । अब खाना खाईसकेपछि मैले प्रधानमन्त्रीसमक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो ।
तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो ?
हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो । मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन । मेरो राजीनामाको कारण मेरो व्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन ।
तपाई माथि लागेको कुन आरोपले तपाईलाई बदनाम महसुस गराएको हो ?
पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो, मलाई राजनीतिमा निकष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो । यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महसुस भयो । अनि यो बाहेक अरु कुराहरु पनि छन नि मेरो बारेमा आएका । तपाईलाई पनि थाहै छ होला नि ।
तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि, हैन र ?
हो, यसको मूल्यांकन जनताले गरिरहेका छन । मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा । म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ । तर त्यो बेला सुशील दाई सुशील कोइरालाले जिल्ला समिति भंग गर्नुभयो ।
तपाईको राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त ?
हैन, यो कुरा जनताले बुझ्नु हुन्छ । मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु ? मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन । मैले जे गरे ठीक गरेको छु । यसले म माथि लागेको आरोपको पुष्ट्याइँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ । -प्रस्तुती देवेन्द्र बस्नेत
यो पनि पढ्नुस् :
देउवालाई पत्र बुझाउन बालुवाटार जादै हमाल
उद्योग मन्त्री हमालले गरे राजिनामा दिने घोषणा
नवनियुक्त मन्त्री हमालको पहिलो निर्णयले उद्योगी ब्यवसायीलाई राहत
सहोदर दाजुभाई एकैदिन मन्त्री बन्ने कस्तो संयोग !
मन्त्री हमालको राजनीतिक आरोह-अवरोह