नेपालगन्ज : नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) रामबहादुर केसीले दुर्घटनामामा १२ जनाको मृत्यु भएको जानकारी दिए ।
उक्त बसमा सवार ३५ जना मध्ये ७ जना घटनास्थलमै मृत्यु भएको छ । यस्तै ४ जनाको अस्पताल लैजाने क्रममा बाटोमै र अर्का एक जना प्रस्तावित अस्पताल भालुवाङ्गमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइते २२ जना मध्य ७ जनालाई बुटवल र १ जनालाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको बुझिएको छ । बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकहरु :
१. जिल्ला बाँके नेपालगन्ज बस्ने वर्ष ६० की कुसुम बस्नेत, प्रस्तावित अस्पताल भालुबाङ उपचारको क्रममा मृत्यु भएको ।
२. जुम्ला जिल्ला चन्दननाथ ९ बस्ने वर्ष ४० को मुनबहादुर रावतको घटना स्थलमा मृत्यु भएको ।
३. अन्दाजी ४५ वर्षका नाम वतन नखुलेका पुरुषको घटना स्थलमा मृत्यु भएको ।
४. जिल्ला मकवानपुर हेटौडा बस्ने अन्दाजी ३५ वर्षका शौरभ बिष्ट, प्रस्तावित अस्पताल भालुबाङ लैजाँदै गर्दा मृत्यु भएको ।
५. नाम वतन नखुलेको अन्दाजी ३५ वर्षका पुरुष उपचारको प्रस्तावित अस्पताल भालुबाङ लैजाँदै गर्दा मृत्यु भएको ।
६. नाम वतन नखुलेको अन्दाजी ३५ वर्षका पुरुषको घटनास्थलमा मृत्यु भएको ।
७. जिल्ला बाँके वर्ष ३० वर्षका रामवरण हरिजनको घटना स्थलमा मृत्यु भएको ।
८. जिल्ला रुकुम गोतामकोट–९ बस्ने वर्ष २५ का दीपक डाँगीको घटना स्थलमा मृत्यु भएको ।
९. भारत पूर्वी चम्पाटनमलाही बस्ने वर्ष ६७ का योगेन्द्र रामको घटना स्थलमा मृत्यु भएको ।
१०. अन्दाजी ३० वर्षका नाम वतन नखुलेका पुरुषको घटना स्थलमा मृत्यु भएको ।
११. जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका १५ बस्ने वर्ष ६५ का ताराकान्त पाण्डेको लमही अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ।
१२. भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ का मुने भनिने ब्यक्तीको लमही अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ।
घाइतेहरू :
१. जिल्ला बाँके नेपालगन्ज बस्ने वर्ष २४ का अशुतोष गौतम ।
२. जिल्ला काठमाडौँ कालीमाटी बस्ने वर्ष ३८ की मन्जु शर्मा ।
३. जिल्ला बाँके बस्ने वर्ष २० का निरन्जन कोरी ।
४. जिल्ला काठमाडौँ बस्ने सञ्जु बरुवाल ।
५. जिल्ला बाँके बस्ने वर्ष २० को अरबाज नाउ ।
६. जिल्ला बाँके नेपालगन्ज बस्ने वर्ष २५ को महमोद जावेद ।
७. जिल्ला कालिकोट बस्ने वर्ष ४५ को तिलक प्रसाद उपाध्याय ।
८. जिल्ला बाँके कोहलपुर बस्ने वर्ष २१ को धन बहादुर पुन मगर ।
९. जिल्ला बर्दिया बस्ने वर्ष २२ राजीव थारु ।
१०. जिल्ला जुम्ला बस्ने वर्ष १९ विशाल बोहरा ।
११. जिल्ला बाँके बस्ने वर्ष १९ का नफिच खान ।
१२.भारत बस्ने वर्ष २० की छोटी सिलौरा ।
१३. जिल्ला बाँके बस्ने वर्ष दशरथ बि.क. ।
१४. जिल्ला डोल्पा बस्ने वर्ष ३५ की धनकली बुढा मगर ।
१५. जिल्ला काठमाडौँ बस्ने वर्ष ११ की आध्या पाण्डे ।
१६. जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका निवासी वर्ष ३१ को कुलबहादुर गोसाई ।
१७. जिल्ला काठमाडौँ बस्ने वर्ष ४५ को सुभाष शाक्य ।
१८. जिल्ला बाँके नेपालगन्ज बस्ने वर्ष ३५ की लिला वली ।
१९. जिल्ला बाँके बस्ने वर्ष २१ को शंकर थारु ।
२०. भारत बस्ने वर्ष २३ को राहुल कुमार अहिर ।
२१. जिल्ला रौतहट बस्ने वर्ष २६ को सञ्जय कार्की ।
२२. जिल्ला काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे ।