बाँके(कम्दी) : चलचित्र छायांकनका लागि बाँकेको सम्भावित स्थान र जिल्लाको पर्यटन प्रवद्र्धनका विषयमा अन्तरक्रिया गरिएको छ । चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा पर्यटकीय स्थल कम्दीमा आइतबार कलाकार, पत्रकार, पर्यटन ब्यवसायी लगायतबीच बृहत रुपमा अन्तरक्रिया गरिएको हो ।
चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रियामा बोल्ने अधिकांसले बाँके जिल्लामा थुप्रै ठाउँमा चलचित्र छायांकनका लागि उपयुक्त रहेपनि ओझेलमा परेको बताए ।
प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, गाईलेक, भूवर भवानी, अगैया, कम्दी, सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम, कम्मरसा बाबा, खजुरा, नेपालगन्ज, कोहलपुर, गाभरभ्याली, ढकेरी लगायत स्थान चलचित्र छायांकनका लागि उपयुक्त ठाउँ रहेको बताए । यि ठाउँहरुको प्रचार प्रसार गर्न सकेको खण्डमा चलचित्र छायांकनका लागि उपयुक्त गन्तब्य बन्न सक्ने अधिकांसको बुझाई छ ।
सो क्रममा बोल्ने चलचित्र तथा कलाकर्मीले मोफसलमा बसेर काम गर्ने कलाकारलाई हेर्ने दृष्टिकोण फरक भएको गुनासो गरेका थिए । मोफसलमा काम गर्दा स्थानीय कलाकारको संज्ञा दिएर मान मर्दन गर्ने गरेको दुखेसो पोखे । स्थानीय स्तरमा बसेर काम गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै उनीहरुले सञ्चारकर्मीको सहयोग बिना अगाडी बढ्न असम्भव भएको बताए ।
सो क्रममा वरिष्ठ चलचित्र निर्देशक कैलाश प्रवीण, वरिष्ठ कलाकार श्यामानन्द सिंह, वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी कमल बिके निर्मोही, सुन्दर गुरुङ, कलाकार बीरेन्द्र यादव, जिनु हक, भरत महत्तो लगायतले बोलेका थिए । कार्यक्रम सन्चालन उपाध्यक्ष समिरमान श्रेष्ठले गरेका थिए । उक्त अन्तरक्रियासँगै कलाकार, पत्रकार, पर्यटन ब्यवसायी लगायतबीच वनभोज कार्यक्रम समेत गरिएको संघका सचिव बिक्रम बुढाक्षेत्रीले जानकारी दिए ।