दाङ : माघी पर्व तथा मकर संक्रान्ति एवम् थारु समुदायको नयाँ वर्षको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभकामना दिएका छन् ।
विविधतायुक्त नेपाली समाजमा माघी पर्व तथा मकर संक्रान्तिलाई महत्वपूर्ण पर्वको रुपमा धुमधामका साथ मनाइँदै आइएको छ, भने थारु समुदायमा विषेश पर्वको रुपमा र नयाँ वर्षको रुपमा माघीलाई उल्लासपूर्ण रुपमा मनाइँदै आइएको छ ।
‘नेपाल बहुजातीय, वहुभाषिक, बहुसाँस्कृतिक देश हो, यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सँस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन, माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आ-आफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन्,’ मुख्यमन्त्री चौधरीले भनेका छन् ‘साँस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ, चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव बढाउन सकोस् ।’
यस महान पर्वले सबैमा उत्साह एवम् उमंग थपोस् र सबै बीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्दै उनले माघी पर्व तथा मकर (माघे) संक्रान्तिको शुभकामना व्यक्त गरेका छन् ।