नेपालगन्ज : स्वास्थ्य क्षेत्रमा फरक विशेषता सहित नेपालगन्जमा सुविधायुक्त पोलिक्लिनिक खुलेको छ । नेपालगन्जको गणेशमान चोकमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि. खुलेको हो । पोलिक्लिनिकले सोमबारबाट औपचारिक रुपमा सेवा सञ्चालन गरिसकेको छ ।
नेपालगन्जका प्रतिष्ठित स्वास्थ्यकर्मीद्धय जागेश्वर बस्नेत र तेज ओलीले उक्त पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । पोलिक्लिनिकमा मस्तिष्क, मेरुदण्ड तथा नसा रोग सम्बन्धी सेवा, पेट छाती तथा मुटुरोग, मृगौला रोग, आमाशय कलेजो, आन्द्रा तथा पित्त रोग, नाक कान र घाँटी रोग, छाला यौन तथा सौन्दर्य रोग, स्त्री तथा प्रसुती रोग, मानसिक रोग, हाडजोर्नी नसा तथा बाथ रोग, बाल रोग सम्बन्धी सेवा प्रदान गरिने सञ्चालक बस्नेतले जानकारी दिए ।
यस्तै अन्य सेवाहरुमा अत्याधुनिक प्रयोगशाला, ईसिजी, ई.ई.जी., एन.सि.भी., इन्डोष्कोपी तथा कोलोनोष्कोपी, एक्सरे तथा भिडियो एक्सरे, ई.एन.टी., एन.पि.एल. सेवा पनि प्रदान गरिने अर्का सञ्चालक ओलीले बताए ।
पोलिक्लिनिकमा नेपालगन्जका ख्याती प्राप्त कन्सल्टेन्ट न्यूरो सर्जन डा. सुवोध गौतम, कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.शौरभ हमाल, ग्याष्ट्रो तथा हेपाटो विलियरी सर्जन डा. कृष्णमोहन अधिकारी र नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. कपिल शाही लगायतले विशेषज्ञ सेवा स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालकले जानकारी दिएका छन् ।