Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नवनियुक्त प्रदेश मन्त्री हमालको जीवनका उतार-चढाप
नवनियुक्त प्रदेश मन्त्री हमालको जीवनका उतार-चढाप
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज २४, २०७८

नेपालगन्ज : नेपाली समाजमा यि शब्द सधैँ दोहोरिन्छन्, ‘संघर्ष नै जीवन हो, जसले धेरै संघर्ष गर्छ, उसले प्रतिफल पनि पाउँछ ।’ हो, यस्तै मध्येका एक संघर्षशिल पात्र हुन, सुरेन्द्र हमाल । जसले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए र सफल पनि भए । यिनै हमाल लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भू-संरक्षण मन्त्री बन्न सफल भएका छन् । उनले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

२०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एकमात्र सांसद थिए, सुरेन्द्र । यिनैले बाँके-२(ख) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको ‘बीउ’ जोगाएका थिए । परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र ।

नेपालगन्ज-२ घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ का सहोदर भाई हुन् । भाइराजा २०३३ देखी २०४४ सालसम्म नेपाली कांग्रेस बाँकेको सभापति भएका थिए ।

१३ वर्षको कलिलै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँगै अगाडी बढाए । पारिवारीक वातावरणका कारण उनलाई पनि राजनीतिको नशाले छोयो । नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट उनी प्रभावित भए । ‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडी बढाए,’ हमाल सम्झन्छन् ।

२०३५ सालको बिद्यार्थी आन्दोलनले झनै उनलाई राजनीतिमा डोर्यायो । बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सचिव हुदै सभापति भएका थिए । २०३७ सालमा म.ब. क्याम्पसको पहिलो सचिव र त्यसपछि २०४१ मा स्ववियु सभापति भएका थिए, उनी ।  

२०४४ सालमा युवराज शर्मा नेतृत्वको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा उनी सदस्य भएका थिए । २०४४ सालमै पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे, तर वडाअध्यक्ष हारेका थिए । त्यसपछि युवक संगठनको सभापति जितेर नगर पञ्चायतको सदस्य भए ।

‘पार्टीले खटाएपछि म वडाको चुनाव लडे, वर्गिय संगठनको चुनाव लडे, युवक संगठनको नगर सभापति भए,’ हमालले भने ‘पढेर जागिर खानुभन्दा पनि राजनीतिलाई सेवकको रुपमा अगाडी बढाउन म अग्रसर भएको हुँ ।’ २०५१ सालतिर कांग्रेस जिल्ला कार्यसमितिको उनी कोषाध्यक्ष भएका थिए । पार्टीले टिकट दिएपछि नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए । उनले २०४९ देखी २०५४ सम्म उपमेयर भएर काम गरेका थिए ।

खेलकुदमा संघर्ष :
हमालले खेलकुद क्षेत्रमा पनि धेरै नै संघर्ष गरे । परिणाम स्वरुप उनी ओलम्पियन बन्न सफल भए । उनी २०३२ सालमा खेलुकुद क्षेत्रमा छिरेका हुन् । सोही वर्ष पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा उनले सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएका हमालको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको रुची भारत्तोलन खेलतिर गयो ।

प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान २०४१ मा वेष्ट लिफ्टर भए । सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप २०४१ मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए ।

हमालले २०४५ देखि २०४८ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद सन् १९८२, लास्एन्जेल्स ओलम्पिक सन् १९८४ र एशियन गेम बेजिङ सन् १९९० मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि प्राप्त गरेका थिए ।

२०४८ सालमा नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगिता खेलेर उनले खेलबाट शन्यास लिए । ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडे, तर खेलकुदको विकासका लागि व्यवस्थापकिय रुपमा सहभागी हुदै आएको छु,’ उनले भने । हमाल राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भएका थिए ।

राखेप कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गथ्र्ये । आफ्नो कार्यकालमा पश्चिम क्षेत्रको खेलकुद पुर्वाधार जोड्न आवश्यक पहल गरेका थिए । उनकै सक्रियतामा नेपालगन्ज रंगशाला क्षेत्रमा भारत्तोलन एकेडमी निर्माण भएको छ । ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि निस्वार्थ रुपले लड्नुपर्छ भन्ने मेरो मान्यता हो,’ हमाल भन्छन् ।

हमालले क्यान्सर जस्तो रोगलाई समेत जित्न सफल भएका थिए । क्यान्सरको लामो उपचारपछि उनी पूर्ण रुपले निको भएका थिए । जसका कारण उनी शारिरीक, आर्थिक, मानसिक रुपले पीडित बन्न पुगे । आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात बाँच्न सफल भएका ब्यक्ति हुन् ।

विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई क्यान्सर लागेपनि सबैको माया, सद्भाव प्रेम पाएर मैले जित्न सफल भएको हुँ ।’ हमाल यस्तो व्यक्ति हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा पनि लेखिसकेका छन् । प्रदेश मन्त्रीको जिम्मा लिएपछि प्रदेशको अवस्था र आवश्यकता हरेर काम गर्ने उनले बताए । ‘केही नयाँ काम गरौं जस्तो भएको छ, तर मन्त्रालयमा गएर पहिला बुझ्नुपर्यो, त्यसपछि प्रदेशको अवस्था र आवश्यकता हेरेर काम गर्ने सोच बनाएको छु,’ उनले भने । 

यो पनि पढ्नुस् :

सहोदर दाजुभाई एकैदिन मन्त्री बन्ने कस्तो संयोग !

बाँकेका सुरेन्द्र हमाल भए लुम्बिनी प्रदेशको वन मन्त्री

शुभकामना बडादसैँको - भिडियो 


प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन शुक्रबार, फागुन १, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्