बाँके (बैजनाथ) : ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव-२०८०’ को बुधबार(आज) औपचारिक रुपमा उद्घाटन गरिने भएको छ । उक्त महोत्सवको लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी 'नमुनाले दिउँसो १ बजे उद्घाटन गर्नेछिन् ।
उद्घाटन समारोहमा विशिष्ट अतिथीहरु बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग, व्यवसायी लगायतको उपस्थिती रहने भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव यही माघ २१ गतेसम्म चल्नेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले महोत्सवमा एक सय ५० देखी २ सय वटा सम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तु’ प्रमुख आकर्षणका रुपमा रहने जानकारी दिए ।
स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताएका छन् । देश भित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगीक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।
बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रिय स्तरमा चिनाउनका साथै पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्ष्यका रुपमा समेत लिइएको आयोजकले जनाएको छ । महोत्सवबाट करिव एक करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।
यो पनि पढ्नुस् :
‘प्रथम बैजनाथ महोत्सव’ को तयारी तीब्र
बैजनाथमा प्रर्दशनी, ब्यापार एवं पर्यटन महोत्सव गर्ने तयारी