बाँके (खजुरा) : खजुरामा गाउँपालिका स्तरीय छैठौं अन्तर बिद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । उक्त प्रतियोगिता आइतबारबाट सञ्चालनमा आएको थियो । उक्त प्रतियोगितामा ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना मावि पहिलो भएका छन् ।
प्रतियोगिताका विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक र उपाध्यक्ष मञ्जु मल्लले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८ रजत र ४ कास्य सहित प्रथम हुँदा जनता मावि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । जनताले ६ स्वर्ण पदक, ९ रजत र ९ कास्य जित्यो ।
जनसेवाले ६ स्वर्ण, १ रजत र ६ कास्य हासिल गरेको थियो । प्रतियोगिताको निम्न माध्यमिक तहमा प्रथम भएको योगिनी माविले ३ स्वर्ण, दोस्रो भएको जनता मावि सन्तकुटीले २ स्वर्ण ३ रजत र १ कास्यतथा तेस्रो हुने जनतामावि बठवाले २ स्वर्ण पदकजितेको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० का संयोजक माधव शर्माले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भएको प्रतियोगिता अन्तर्गत प्रावि तहमा प्रथम स्थान हासिल गरेको जनता मावि बठवाले २ स्वर्ण १ रजत, नेराआवि धौलागिरीले २ स्वर्ण १ कास्य र तेस्रो हुने जनसेवामावि पुरैनाले १ स्वर्ण र १ कास्य जित्यो ।
प्रतियोगितामा मावि तहमा अनुशासित टिमको रुपमाजनतामावि सन्तकुटी, निमावि तहमा नेराआवि धौलागिरी र प्रावि तहमा लिटल हार्बर एकेडेमी हुन सफलभएको आयोजक खजुरा गाउँपालिका खेलकुदविकास समितिका अध्यक्ष छवि विष्टले बताए ।
प्रतियोगिताको छात्र भलिबलमा आदर्श मावि डि गाउँप्रथम, गुराँस चाइल्डहुड एकेडेमी दोस्रो र जनतामावि सन्तकुटी तेस्रो भए । छात्रा तर्फ जनता मावि सन्तकुटी पहिलो, ज्ञानोदय मावि खजुरा दोस्रो र आदर्श मावि डि गाउँ तेस्रो भए ।
एथ्लेटिक्स छात्र तर्फ ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ज्ञानोदय मावि पहिलो, ३ स्वर्ण, २ रजत र ३ कास्य सहित आदर्श दोस्रो र २ स्वर्ण ३ रजत र ४ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो भए । छात्रा एथ्लेटिक्समा ६ स्वर्ण, ६ कास्य सहित जनसेवा मावि पुरैना पहिलो, ४ स्वर्ण ४ रजत र २ कास्य सहित ज्ञानोदय दोस्रो र ३ स्वर्ण ६ रजत र २ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो हुन सफल भएको छ ।
छात्र तर्फको कबड्डीमा जनता मावि बठवा पहिलो, नेरा मावि गुदहाना दोस्रो, आदर्श मावि र जनता मावि तेस्रो भए । छात्रा कबड्डीमा ज्ञानोदय मावि पहिलो, जनसेवा मावि दोस्रो, नेरा मावि मनकामना र जनता मावि तेस्रो भए ।
प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा जनता मावि सन्तकुटीका राहुल धौलाकोटी र ज्ञानोदयकी सरस्वती माहुत सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान २ स्वर्ण पदक जितेका थिए । कबड्डीमा जनतामावि बठवाका मो.मसउद खाँन र ज्ञानोदय मावि खजुराकी सुस्मावादी सर्वोत्कृष्ट खेलाडी भए ।
भलिबलमा आदर्श माविका विकास विक र जनतामावि सन्तकुटीकी पुर्णिमा खत्री सर्वोत्कृष्ट भए । प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजीतथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा भएको प्रतियोगितामा माध्यमिक, आधारभुत र प्राथमिक तह गरी ४६ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।
यो पनि पढ्नुस् :
खजुरामा गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु