नेपालगन्ज : पश्चिम नेपालको प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्नमा मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन् । हिन्दुहरुको महान चार्ड बडादसैंको अवसरमा उक्त मन्दिरमा केहीदिन यता दर्शनार्थीको घुइचो लाग्दै आएको छ ।
समाचार संकलन गर्न मन्दिर पुगेका कान्तिपुर टेलिभिजनका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम ब्यूरो प्रमुख जे. पाण्डे र संवाददाता सविता जिसीमाथी महन्त योगीले रोक लगाएका हुुन् । पत्रकार पाण्डे र जिसी सोमबार बिहान ७ बजेको कान्तिपुर समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ गएका थिए । प्रत्यक्ष प्रशारण गर्ने तयारीका लागि क्यामेरा खोल्दै गर्दा महन्तले पत्रकाारिता पेशालाई तथानाम गाली गर्दै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्ब्यवहार पनि गरेका थिए ।
'कान्तिपुर टिभीमा लाइभ गर्ने हाम्रो तयारी थियो, क्यामेरा निकाल्दै थियौं, त्यही बेलामा मुल महन्त आएर हामीमाथी तथानाम गाली गर्न थाले र भिडियो तथा फोटो नखिच्न भनेपछि हामीले खिच्न पाएनौं,’ पत्रकार पाण्डेले भने 'त्यहाँ महन्तले बोलेका शब्द वर्णन नै गर्न सकिदैन ।’
महन्त योगीको यो शैलीले हिन्दुहरुको धार्मिक आस्थामाथीको प्रचार प्रसारमा अंकुश समेत लगाएको ठहर गरिएको छ । महन्तले मन्दिरको सञ्चार माध्यमले प्रचार-प्रसार गर्न जरुरी पनि नभएको बताएका छन् । मन्दिरको प्रचार-प्रसार गरेर केही हुनेवाला छैन, प्रचार प्रसारको कुनै जरुरी छैन हामीलाई,’ उनले भनेका थिए । दसैंको अवसरमा बाँके, छिमेकी मुलुक भारत लगायत विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्न आउँछन् ।
सरकारले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको सूचिमा समेत राखेको छ । तर, महन्त योगीको यस्तो शैलीले धार्मिक पर्यटकीय स्थल बागेश्वरीको प्रचार-प्रसार कत्तिको होला ? भन्नेमा आम नेपालगन्जबासीको चिन्ता छ । यस विषयमा प्रतिक्रिया लिन मुल महन्त योगीलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।
यो पनि पढ्नु्स :
बागेश्वरी मन्दिरमा चढाउन थालियो ‘बलि’
शुभकामना बडादसैंँको - भिडियो