बाँके (नरैनापुर) : समुदायमा काँग्रेस अभियान अन्तरगत नरैनापुर गाउँपालिका वडा नम्बर ३ मा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल टे«ड युनियन काँग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग एवम् नरैनापुर गाउँपालिका नेपाली काँग्रेस ३ नम्बर वडा कार्यसमितिको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रम संयोजक यमबहादुर खड्काले दिएको जानकारी अनुसार शिविरमा मेडिसिन विभागका डा. सन्तोष भगत र डा. चेतन न्यौपाने, छाला तथा यौन रोग विभागका डा. रमेश शर्मा पौडेल र डा. नुपेन्द्र शिशिर लगायतले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा सतगुरु मेडिसिन डिष्ट्रिब्यूटर्स, सिर्जना मेडिसिन डिष्ट्रिब्यूटर्स र लक्ष्मी सरस्वती पोलिक्लिनिक नेपालगन्जले निःशुल्क औषधी सहयोग गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सभापति नारायणप्रसाद गौडेल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, जिल्ला सचिव सुधान्सु कोईराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्रीय सभापति पोषणराज केसी, पार्टीका महासमिति सदस्य एवम् नरैनापुर-५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् स्वास्थ्य शिविर कार्यक्रमका संयोजक यमबहादुर खड्का, महाधिवेशन प्रतिनिधि एवम् कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नरैनापुर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, नेपाली काँग्रेसका नेता दिपनारायण बर्मा, राप्ती सोनारी ७ का सभापति दशरथ कुर्मी, पुर्ववडाअध्यक्ष राजकुमार मौर्य, नेपाली काँग्रेस नरैनापुर गाउँपालिका सचिव रामचन्द्र यादव, स्वास्थ्यकर्मी संघ नेपालगन्ज उपमहानगरपालिका संयोजक जागेश्वर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका केन्द्रीय सभापति समेत रहेका खड्काको अग्रसरतामा बाँकेको राप्ती सोनारी, बैजनाथ र नरैनापुर गाउँपालिकामा निःशुल्क रुपमा स्वास्थ्य शिविर विगतदेखी नै सञ्चालन हुदै आएको छ ।