नेपालगन्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको बाँकेमा प्रदेश सभा स्तरिय समिति बिस्तार भएको छ । महासंघको आइतबार विभिन्न प्रदेश सभा क्षेत्रमा अधिवेशन गरिएको हो ।
महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुनका अनुसार आइतबार बाँके प्रदेश सभा-२ (क) र (ख) तथा प्रदेश सभा-३ (ख) मा नयाँ कार्यसमिति पदाधिकारी तथा प्रदेश प्रतिनिधी निर्वाचित गरिएको छ । अधिवेशनले प्रदेश सभा-२ (क) को सभापतिमा भागीराम बुढामगरलाई निर्वाचित गरेको छ । यस्तै उपसभापतिमा सुलोचना तामाङ र चन्द्रा थापामगर, सचिवमा रिना थापा, सहसचिवमा पुष्पा बुढाथोकी थापा लगायत निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिका रुपमा श्यामबहादुर थापा, अञ्जु दराई, ताराकुमारी राई, भागिराम बुढामगर, शोभा घर्तीमगर, पुष्पाकुमारी गुरुङ र रोशनी थापा मगर चयन भएका छन् ।
प्रदेश सभा २ (ख) को सभापतिमा अम्बर बुढा मगर निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा बीरेन्द्रमान श्रेष्ठ र माया मरासनी, सचिवमा किरण श्रेष्ठ, सहसचिवमा अजय घले लगायत निर्वाचित भए । यसैगरी प्रदेश प्रतिनिधीका रुपमा शोभा गुरुङ, जुनु बुढा, खिमसिंह राना, केदार रत्न मानन्धर, प्रदिप श्रेष्ठ र सन्तोष श्रेष्ठ निर्वाचित भए ।
त्यसैगरी प्रदेश सभा-३ (ख) को सभापतिमा भिमबहादुर राना निर्वाचित भएका छन् । समितिको उपसभापतिमा चन्द्रराना मगर र मनोज गुरुङ, सचिवमा भुवन थापा र कमल पुन तथा सहसचिवमा सन्ध्या राना लगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक माया पुन, महासंघका बाँके जिल्ला केन्द्रीय प्रतिनिधी हेमन्त कर्मचार्य, सदस्य प्रमोदबहादुर श्रेष्ठ, महासंघ बाँकेका पुर्वअध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । महासंघको यसअघि नै बाँकेका ८ वटै स्थानीय तहमा समिति गठन गरिएको छ ।