बाँके(खजुरा) : जनता माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजले दोस्रो साधारण सभा गरेको छ । जनता मावि सन्तकुटी खजुरामा शनिबार एक कार्यक्रम बीच साधारण सभा गरेको हो ।
साधारण सभा उद्घाटन गर्र्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी नुमनाले पूर्वविद्यार्थीको कार्य नमुना रहेको बताइन् । कार्यक्रमका विशिष्ट अतिथी एवम् लुम्बिनी प्रदेशका सासंद बादशा कुर्मीले यो पूर्वविद्यार्थी समाजले अग्रजलाई सम्मान गरी पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा जोड्ने गरेको भन्दै प्रशंसा गरे ।
उक्त कार्यक्रममा प्रखर परोपकार मिसन नेपाल खजुराका अध्यक्ष महेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, समाजका निर्वाचन समितिका पूर्वसदस्य माधव शर्मा, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केर सिंह थापा, प्रधानाध्यापक महेन्द्र खत्री लगायतले बोलेका थिए ।
साधारण सभाको अवसरमा जनता माविका पूर्वप्रधानाध्यापक विष्णुमान श्रेष्ठ, नरसिंह क्षेत्री, टंकनाथ दाहाल र डम्मर गोदारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यस्तै बिद्यालयबाट दोस्रो व्याचको एसएलसी उर्तीण हुने पूर्व विद्यार्थी धर्मलाल शर्मा र भानुराज आचार्य, पत्रकार श्री खगेन्द्र दाहाल, समाजका उपाध्यक्ष पूर्णचन्द्र उपाध्याय र सहसचिव सुझाता खरेललाई समेत कार्यक्रममा सम्माना गरिएको थियो ।
यसैगरी जनता मावि सन्तकुटीबाट २०७९ सालको एसईई मा उत्कृृष्ट अंक प्राप्त गर्ने छात्र योगेश श्रेष्ठ र २०७९ सालमा उत्कुष्ट खेलाडी छात्रा शान्ति पौडेललाई समेत सम्मान गरिएको समाजका अध्यक्ष झविलाल शर्माले जानकारी दिए । उक्त कार्यक्रममा समाजका आजीवन सदस्यलाई सदस्यता समेत वितरण गरिएको थियो ।