बाँके (डुडुवा) : भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्बन्धी पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम बुधबार डुडुवामा गरिएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानून अनुसारको सजायसहित सार्वजनिक रुपमै समाजबाट बाहिष्कार गर्नुपर्ने भन्दै कानून र प्रक्रिया विपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग आयोग नेपालगन्ज कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले आयोगमा आउने उजुरीको प्रकृति अनुसार अनुसन्धान गर्ने गरिएको भन्दै सत्य तथ्य र प्रमाणलाई केलाएर सबै प्रमाण संकलन गरि विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको बताए । ‘नियमसंगत गर्नुपर्ने काम नगरी, घुस माँगेर गर्दछ भने त्यो शोषण हो, आफ्नो काम कर्तव्य र अधिकार अन्र्तगत काम गर्नुपर्दछ अनि कुनै किसिमको डर भय त्रास समेत हुन्दैन,’ उनले भने ।
कार्यक्रममा आयोगका कार्यालय प्रमुख अधिकारी र शाखा अधिकृत नारायणप्रसाद ढकालले अख्तिारको काम कारवाही प्रक्रिया, उजुरी, उजुरीको प्रकृति, छानविन, सजाय, कसुर, जरिवाना, स्थानीय सरकार प्रवाह गर्ने सेवाका क्रममा अपनाउनुपर्ने मापदण्डलगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीले भ्रष्टाचार, उजुरी प्रक्रिया, काम कर्तव्य अधिकारलगायतका विषयमा आफ्नो जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, जनप्रतिनिधी, पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु, विभिन्न राजनिति दलका प्रतिनिधी लगायत गरि करिब एक बढीको सहभागिता रहेको थियो ।