नेपालगन्ज : मधेस मिडिया मिसन नेपाल बाँके शाखाले होलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । नेपालगन्जको हडिया बाबा मन्दिर परिसरमा शनिबार होली मिलन कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद लक्ष्मी तिवारी, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, हडिया बाबा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्य, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमाल, अधिवक्ता विश्वजित तिवारी, अवधि समुदायका अगुवा तथा धार्मिक ब्यक्तित्व शिवकुमार पाठक, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय दिलिप रेग्मी लगायतले होलीको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित पत्रकार, समाजसेवी लगायतले एक आपसमा होली खेलेका थिए । मधेस मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन सन्ध्या शर्माले गरेकी थिइन् ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, स्थानीय समाजसेवी माधवराम बर्मा, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, अवधि पत्रकार संघ बाँके शाखाका अध्यक्ष प्रह्लाद विश्वकर्मा, प्रेस मञ्चका पुर्वकेन्द्रीय उपाध्यक्ष आशिष गुप्ता, आदिवासी जनजाती पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारु लगायत सञ्चारकर्मी, समाजसेवी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।