नेपालगन्ज : नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । नेपाली कांग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङको अमिलिया जानका लागि पुर्बप्रधानमन्त्री देउवा शुक्रबार बिहान नेपालगन्ज आईपुगेका हुन ।
देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । सभापति देउवासँगै कांग्रेस सह-महामन्त्री महालक्षी उपाध्याय 'डिना', केन्द्रिय सदस्य दीपक गिरी, कृष्ण किशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्का पनि नेपालगन्ज आएका छन ।
नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पुर्बमन्त्री सुरेन्द्र हमाल, नेपाली कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की लगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतले सभापति देउवालाई स्वागत गरे ।
सभापति देउवा नेपालगन्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गरेका छन । दाङको अमिलिया चोकमा स्वर्गीय खड्काको शालिक निर्माण गरिएको छ । सभापति देउवा दाङको कार्यक्रम सकेर शुक्रबार बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिएका छन ।