नेपालगन्ज : नेपाली नयाँ वर्ष २०८१ लाई अबको केही घण्टापछि स्वागत गरिदैछ । यसका लागि बाँकेमा दर्जन बढी स्थानमा न्यु एयर इभ कार्यक्रम हुदैछन् । कार्यक्रममा मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न कलाकार आईपुगेका छन् । यसैक्रममा नेपालगन्जस्थित सिद्धार्थ होटेलले साँस्कृतिक कार्यक्रमसहित 'न्यू एयर इभ' कार्यक्रम गर्ने तयारी गरेको छ ।
कार्यक्रमको तयारी लभगभ अन्तिम चरणमा पुगेको होटेलले जनाएको छ । होटेलका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेका अनुसार नेपाली नयाँ वर्ष २०८१ लाई भब्य रुपमा सफल पार्न न्यू एयरका अवसरमा होटेलमा चर्चित गायिका मेलिना राई सहित स्थानीय कलाकारको पनि रोचक प्रस्तुती रहनेछ ।
कार्यक्रममा आफ्नो प्रस्तुती दिन गायिका मेलिना शुक्रबार अपरान्ह नेपालगन्ज आईपुगेकी छन् । गायिका मेलिनालाई होटेलले केहीबेर अघि स्वागत गरेको छ । गायिका मेलिनाका 'जे पनि सहुँला', 'नाँच फिरिरी', 'अर्को जुनी खई कुन्नी' जस्ता दुई दर्जन भन्दाबढी गीत निकै नै लोकप्रिय रहेका छन् । कार्यक्रममा काठमाडौंबाट ब्याण्डसहित डिजेको पनि प्रस्तुति रहनेछ ।
कार्यक्रममा यस्तो छ सुविधा :
होटेल सिद्धार्थले नयाँ बर्षको अवसरमा आर्कषक छुट सहितका विभिन्न प्याकेजको ब्यवस्था मिलाएको क्षेत्रीय प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार करिव ५ सय दर्शक उपस्थित हुने अपेक्षा गरिएको आजको कार्यक्रममा कपलका लागि ४ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यस वापत होटेलले २ वटा क्यान वियर र जुस, अनलिमिटेड स्न्याक्स र डिनर उपलब्ध गराउनेछ ।
यस्तै सिंगलका लागि प्रवेश शुल्क २ हजार २ सय रुपैयाँ तोकिएको छ । यसका लागि एउटा क्यान वियर, एउटा जुस, अनलिमिटेड स्न्याक्स र डिनरको ब्यवस्था गरिएको छ । यसैगरी बच्चाको हकमा प्रवेश शुल्क १ हजार ५ सय तोकिएको छ । यसका लागि एउटा क्यान जुस, अनलिमिडेट स्न्याक्स र डिनरको ब्यवस्था गरिएको छ । शुक्रबार बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रम मध्य राती १२ बजेसम्म चल्ने न्यौपानेले बताए । कार्यक्रममा सञ्चारकर्मी बिनोद गौतमले उद्घोषण गर्नेछन् ।
अन्य होटेलमा आयोजना हुने कार्यक्रमको तुलनामा पारिवारीक वातावरण, खान र बस्नका लागि कम्फटेबल स्थान, आन्तरिक सुरक्षाको प्रबन्ध लगायत ब्यवस्था रहेको होटेलले जनाएको छ । कार्यक्रमका लागि 'रक्षक' कम्पनीका सुरक्षाकर्मीले सुरक्षा दिने होटेलले जनाएको छ । सिद्धार्थले नेपालगन्जमा सबैभन्दा धेरै १ सय २५ वटा रुम भएको चारतारे होटेल सञ्चालन गर्दै आएको छ । सिद्धार्थगु्रप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेट, रिसोर्ट, रेष्टुरेन्ट, क्याफेसहित आउटलेट सञ्चालन गर्दै आएको छ ।
यो पनि पढ्नुस् :
गायिका मेलिनाको पहिलो पटक सिद्धार्थको न्यु एयर इभमा प्रस्तुती