नेपालगन्ज : बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्षको चैत मसान्तमा आयोजना गर्दै आएको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औं संस्करण यो बर्ष पनि भब्य आयोजना गरेको छ । उक्त कार्यक्रममा बर्ष सिनेमाहलको अवार्ड (मोफसल) नेपालगन्जमा रहेको सिनेमा थिएटर सिनेरोयलले पाएको छ ।
आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिनेरोयलले पछिल्लो समय नेपालगञ्जमा अभूतपूर्व बेञ्चमार्क स्थापित गर्न सफल भएको छ । पश्चिम नेपालको एतिहासिक सहर नेपालगन्ज-१० सुर्खेत रोडस्थित रहेको यस थिएटरले पछिल्लो समय एउटा बेग्लै नाम र नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई पनि परिवर्तन गर्न सफल भएको छ ।
अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व अनुभव प्रदान गर्न सफल भएको छ । नेपालगन्ज र लुम्बिनी प्रदेशका लागि मात्र होइन, नेपालकै लागि सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर यस क्षेत्रको आर्थिक गतिबिधि बढावा दिने पनि सफल भएको छ ।
तीन वटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिका बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिलल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा पारखीका लागि एउटा बेग्लै अनुभव प्रदान गर्छ ।
साथै नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ जसले दर्शकहरुको बसाईमा आराम प्रदान गर्न तीन किसिमका सिटहरू ( रिक्लाइनर, लाउन्जर र स्लाइडर) रहेका छन् । साथै, यहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण-अनुकूल भान्सामा तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ ।