धनगढी : ‘अनन्त परम-उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबा’ भक्ति केन्द्रको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका राजपुरमा बार्षिक साधारण सभा आयोजना गरिएको हो ।
१२ औं शिवसाधनाको अन्तिम दिन भक्ति केन्द्रका सदस्यको सहभागितामा उक्त साधारण सभाले शारदा तिवारीको नेतृत्वमा समिति गठन गरेको छ । यस्तै उपाध्यक्ष अगानी चौधरी (दाङ्ग), महासचिवमा निशा राना (कञ्चनपुर), कोषाध्यक्षमा शारदा बास्तोला (सल्यान), सचिव ललिता कोईराला (काठमाडौँ), बरिष्ठ सदस्यमा लोकेन्द्र कुवँर (कैलाली), सदस्यहरुमा भरतमणी चौधरी (दाङ्ग) चन्द्रबहादुर सुनार (बर्दिया), सकुन्तला श्रेष्ठ, कौशल कुमार मिश्र (बाँके), कल्याणी श्रेष्ठ (दोलखा) गरी ११ जना सर्बसम्मत रुपमा निर्वाचित भएका छन् ।
१५ सदस्यीय समितिमा आवश्यकता अनुसार मदन बाबाले २ र मदन बाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्षले २ गरी ४ जना सदस्य मनोनित गरिनेछ । नयाँ नेतृत्वमा आएका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यलाई मदन बाबाले आशिर्वाद दिदै सफल कार्यकालको शुभकामना तथा बधाई सहित कृपा वर्षा गरेका थिए ।
उक्त कार्यक्रममा पुर्वमन्त्री तथा भक्ति केन्द्रका वरिष्ठ सल्लाहकार शेरबहादुर कुवँर, साँफेबगर नगरपालिकाका निबर्तमान मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकारले मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष शारदा तिवारीले कार्यक्रम प्रतिवेदन र महासचिव निशा रानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थापक उपाध्यक्ष तथा कार्यसमिति वरिष्ठ सदस्य लोकेन्द्र कुवँरले कार्यक्रम सञ्चालन गरेका थिए ।
१२ औं शिव साधनाको दोश्रो दिन मदन बाबा भक्ति केन्द्रले पहिलो पटक प्रकाशन गरेको ‘बाबा पुकार’ नामक अर्धबार्षिक मुखपत्रको अनन्त परम–उद्धारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबाले विमोचन गरेका थिए ।