बाँके(कुसुम) : नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ ले शनिबार दोस्रो वडा सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का सभापति मोहनराज डाँगीको सभापतित्वमा एवम् नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा प्रमुख अतिथी एवम् पार्टीका कार्यबाहक सभापति अधिकारी, विशिष्ट अतिथी एवम् नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, महासमिति सदस्य एवम् पार्टी प्रतिनिधि महाबीर ओली, महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, नेपाली कांग्रेस राप्ती सोनारी सभापति भिमबहादुर राना, कांग्रेस नेता तेजबहादुर सुवेदी, गेहेन्द्रकुमार खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पुर्वजिल्ला सचिव एवम् पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष एवम् कांग्रेस नेता रुद्रबहादुर ओली, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, क्रियाशिल सदस्य लगायतको उपस्थिती रहेको थियो ।
पार्टीका वडा कार्यसमिति सचिव इन्द्र ओलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सचिव जनक खड्काले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष डोरबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।