नेपालगन्ज : नेपाली कांग्रेसका 'वरिष्ठ' नेता डा. शेखर कोइरालालाई नेपालगन्जमा स्वागत गरिएको छ। बुद्ध एयरको पहिलो उडानमार्फत शनिबार बिहान नेपालगन्ज आईपुगेका उनलाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन ।
सो क्रममा पार्टीका केन्द्रिय सदस्य सन्जय गौतम, डा. गोपाल दहित, मैकुलाल वाल्मीकि र मधु आचार्य, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्वसभापति कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दीकि 'भोला', पार्टीका लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, अन्जना पाण्डे, कृष्णा सापकोटा, महासमिति सदस्यहरु, जिल्ला उपसभापतिद्व्य गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, महाधिवेशन प्रतिनिधीहरु, जिल्ला सचिव सुधान्सु कोइराला, सह-सचिव बिनोद थारु र रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापामगर, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को सम्मेलन उद्घाटन गर्न डा. कोइराला नेपालगन्ज आईपुगेका हुन । उनीसँगै केन्द्रिय सदस्य दीपक गिरी पनि नेपालगन्ज आएका छन । कोहलपुरको भेरी शित भण्डारमा शनिबार बिहान १० बजे सम्मेलन हुँदैछ । प्रतिननिधी सभाका सदस्य समेत रहेका पार्टी केन्द्रिय सदस्य डा. कोइराला शनिबार दिउँसो १ बजे काठमाडौ फर्किने कार्यक्रम रहेको स्वकिय सचिव दिनेश थपलियाले जानकारी दिए ।