सुर्खेत : नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशले डा. गौरीशंकर शर्माको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । परिषदको दोस्रो अधिवेशन सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न भएको थियो ।
परिषदको वरिष्ठ उपाध्यक्षमा ढाकाराम अधिकारी, उपाध्यक्षमा भक्तिराम अधिकारी, आदित्यराज उपाध्याय, धनऋषि उपाध्याय, भोलाप्रसाद रिजाल, महासचिवमा विष्णुप्रसाद अधिकारी, उपमहासचिवमा मनिराम जैशी अधिकारी, धर्मप्रसाद उपाध्याय, इन्द्रप्रसाद न्यौपाने, सचिवमा नितानन्द आचार्य, कोषाध्यक्षमा रामशंकर उपाध्याय, सहकोषाध्यक्षमा गंगाराम रेग्मी, प्रचार सचिवमा बालकृष्ण शर्मा र संगठन सचिवमा खड्गप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।
यसैगरी परिषदको सदस्यमा चेतना मल्ल शाही, पदम प्रसाद काफ्ले, ऋषिप्रसाद भट्टराई, धनप्रसाद पाण्डे, रामचन्द्र आचार्य, चन्द्र प्रसाद रेग्मी, शिवशंकर उपाध्याय, शान्त प्रसाद शर्मा, लक्ष्मी गौतम, ललिता फडेरा निर्वाचित भएका छन् । अधिवेशन उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले ज्योतिष शास्त्रको गरिमा र महत्वलाई बुझ्दै अघि बढ्न आग्रह गरे । उनले कर्णालीको व्याप्त ज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै समृद्ध कर्णाली प्रदेश बनाउन नवनिर्वाचित समितिको महत्वपूर्ण भुमिका हुने बताए ।