नेपालगन्ज : पछिल्लो समयमा अस्पतालको शहरका रुपमा परिचित भइरहेको नेपालगन्जमा गुणस्तरीय र विशेषज्ञसहितको सेवा थपिदै गएको छ । यसका लागि दिनहुँजसो नयाँ स्वास्थ्य संस्था खुल्ने क्रम चलिरहेको छ ।
स्वास्थ्यको हवका रुपमा विकसित हुँदै गएको साविकको मध्य तथा सुदूरपश्चिमको केन्द्र विन्दूका रुपमा रहेको नेपालगन्जमा एकपछि अर्को गरि विशेषज्ञ चिकित्सकसहित सुविधा सम्पन्न, अत्याधुनिक, विश्वसनीय तथा गुणस्तरीय स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन । नेपालगन्जमै यी सुविधा पाएपछि उपचारका लागि यहाँबाट बाहिर भौतारिनुपर्ने यस क्षेत्रका सर्वसाधरणको बाध्यता क्रमशः घट्दै गएको छ । यस क्षेत्रका सर्वसाधरणको यही बाध्यतालाई मनन गर्दै नेपालगन्जमा हेल्थ केयर क्लिनिक सञ्चालनमा आएको छ ।
नेपालगन्ज स्थित नर्सिङहोमको मुल गेटको पूर्वतर्फ हालै सञ्चालनमा आएको हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवाका साथ सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । हेल्थ केयर क्लिनिकले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाण्डौंमा रहेका विशेषज्ञ चिकित्कसलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
हेल्थ केयरले उपलब्ध गराएको यो सुविधाबाट यस क्षेत्रका सर्वसाधरणको समय, पैसा बचत हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । हेल्थ केयर क्लिनिकले विशेषज्ञ सेवा प्रदान गरिरहेकोछ । जहाँ विशेषज्ञ चिकित्सकद्वारा रोगको पहिचान, निदान, उपचार र परामर्श प्रदान गरिरहेको छ ।

यस्तै हेल्थ केयरले अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताएका छन् । ‘हामीले सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याएका छौं । जहाँ अनुभवी र दक्ष प्राविधिकद्वारा जाँच गरिन्छ,’ श्रेष्ठले अगाडी थपे ‘प्रयोगशाला रिपोर्ट अनुसार नै चिकित्सकले रोगको निदान र उपचार गर्ने हुँदा विश्वासिलो र भरपर्दो प्रयोगशालाबाट हामीले सेवा दिइरहेका छौं ।’
स्वदेशी तथा विदेशी सम्पूर्ण औषधीहरु सर्बसुलभ रुपमा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकमा नेपालगन्जमा रहेका विभिन्न रोग विशषेज्ञ डाक्टरले भरपर्दोे र गुणस्तरीय सेवा प्रदान गरिरहेका छन ।
हेल्थ केयर क्लिनिकका सञ्चालक श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेजमा काम गरेका स्त्री, प्रस्तुती तथा इन्फर्टीलिटी र ल्याप्रोस्कोपिक सर्जन डाक्टर पूर्णीमा राई, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका फ्यामिली फिजिसियन डाक्टर खोमबहादुर चौधरी, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराकै बालरोग विशेषज्ञ डाक्टर सुभाष मेहता तथा भेरी अस्पताल नेपालगन्जका जर्नल फिजिसियन डाक्टर उमेश ढुंगानाले सेवा प्रदान गरिरहका छन् ।

यस्तै काठमाण्डौमा रहेको बि.एण्ड.बी अस्पतालका बाँझोपन विज्ञ, टेष्ट ट्युव बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा र सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्कीलाई क्लिनिकमा बोलाएर हेल्थ केयरले सर्वसाधरणलाई सेवा दिइरहेको छ ।
भर्खरै मात्र बाँझोपन विज्ञ, टेष्ट ट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्मा नेपालगन्ज आएर सेवा दिएर फर्किसकेकी छन भने आगामी असार ८ गते शनिबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर दीपेन्द्र कार्कीलाई बोलाएर सेवा दिन लागेको सञ्चालक श्रेष्ठले बताए ।
हरेक दिन विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म विशेषज्ञ सेवा, प्रयोगशाला तथा अत्याधुनिक प्रविधिद्वारा भिडियो एक्सरे, इकोका साथै माइनर ओटीको सेवा उपलब्ध गराइरहेको हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बताए ।
‘क्लिनिक भन्ने वित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ । तर, हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकले विशिष्ट सेवा दिइरहेका छन,’ सञ्चालक श्रेष्ठले थपे ‘क्लिनिकबाट हामीले सबैखालको विशेषज्ञ सेवा दिन्छौं ।’ नयाँ ज्ञान सीपमा आधारित रहेर उपचार सेवा दिइरहेको उक्त क्लिनिकमा एकै छानामुनि सबै विशेषज्ञ सेवा दिने उद्देश्यका साथ क्लिनिक स्थापना गरिएको छ ।