सन्दर्भ : ICC T20 world cup.USA आज बिहानको दृश्यले नेपाल मात्र होईन बिश्व नै भावुक भए । खेलाडीको कुनै जात, धर्म, र देशको हुँदैन खेलाडी हरुको खेलको performance हुन्छ। ``Game is Game,, ‘सत्य’ युग भगवान् युग मानिएको समयमा रामायणमा रामले चलाउने धनुष होस् या महाभारतमा अर्जुनले उठाएको धनुष वा युद्धको समयमा प्रयोग भएका भाला तलवार´ बन्चरो होस् पछि मानव समाजमा विभिन्न क्रान्ति परक्रान्ति नै किन नहोस् एक प्रकारले हेर्ने हो भने परापूर्व देखिनै खेलकुदको माध्यम नै उपयोगी बन्दै खेलको विकास हुँदै आएको पाइन्छ ।
यद्यपि आधिकारिक रूपमा खेलको विकास भने बि.स. २०१५ साल तत्कालीन शिक्षा मन्त्री स्व.परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् गठन गरी सञ्चालनमा ल्याइयो पछि उक्त गठित परिषदलाई २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषद गठित गरी सुरुवात गरियो ।
हरेक देशको संस्कृति र परम्परा विश्व सामु चिनाउन खेल एक :
महत्त्वपूर्ण माध्यम हो । आज विश्वका यस्ता धेरै देशहरू छन् । जहाँ खेल र खेलाडीका नामबाट परिचित छन् । आजको दृश्यले नेपाल बिश्वभारि नै चिनियो। खेलकुदको दुनियाँमा खेल कर्म हो । खेलाडी कर्ता हुन् । नतिजा विश्वास हो । कर्ताले गरेको मेहनत पूर्व कर्मबाट नै विश्वास प्राप्त हुन्छ र त्यही विश्वासमा खेलकुदको दुनियाँ अडिएको छ ।
खेलकुदले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारेको पाइन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा खेल सिद्धान्तको प्रयोग रुसदेखि प्रयोग हुँदै आए तापनि प्राचीन कालदेखि आधुनिक समयसम्म यसको प्रयोगलाई व्यवहारिक र उपयोगी मानिन्छ । आजको विश्वमा देखा परेको शक्ति सङ्घर्ष र राष्ट्रिय स्वार्थको कार्यान्वयन गर्न खेलकुद सिद्धान्तको आधार लिइन्छ ।
सोफामा बसेर Ac मा बसेर नेपाली जर्सी लगाएर खेलकुद र खेलाडीको खोक्रो बिश्लेषण गरेर हुँदैन महासय, जसरी सानो परिवार भित्र आफ्नो अस्तित्व सुरक्षा गर्न प्रत्येक सदस्य लागि पर्दछ , त्यसै गरी राष्ट्रभित्र राजनीतिक दलहरू ,सङ्गठन भित्र व्यक्तिहरू, अनि अन्तर्राष्ट्रिय जगतमा राष्ट्रहरू शक्तिको खेल मार्फत अन्तर्राष्ट्रिय पहिचान र अस्तित्व सुरक्षा गर्दछन् ।
त्यसैले एकतर्फ खेल सिद्धान्तको एक भागले Risk versus reward aspect लाई समेट्दा छ भने अर्को तर्फ यसले वास्तविक अवस्थालाई समेत चित्रण गर्दछ । त्यसैले विश्वमा यस्ता धेरै देशहरू छन् जसले खेललाई आफ्नो शक्ति केन्द्र मान्दछ तर नेपालमा आहिले यो बिकास भएको छैन ।
किनभने नेपालको सन्दर्भमा भने अलिक फरक छ आफु लाई बढी आदर्शबादीको परिचय दिने।खेलकुदले देशको पहिचान, व्यक्तिको प्रतिष्ठा लाई उच्च बनाउँदछ । खेल र खेलाडी राष्ट्रको गहना हुन् । भनिएता पनि सामाजिक जीवनमा भने खेलकुद फुर्सदको समयमा खेल्ने र कोहिकहि केही गर्न नसक्नेका लागि मात्र खेलकुद हो भन्ने भ्रम ताजै छ ।
आफू भन्दा ठुलोको आशीर्वाद दिँदा सधैँ डाक्टर , इन्जिनियर बन्नु ठुलो मान्छे बन्नु जस्ता दिइन्छ । तर राम्रो खेलाडी बन्नु भन्ने आशीर्वाद दिने गरेको पाइँदैन । भन्न खोजेको अझै नेपाली समाजमा खेलकुद रोजाइको विषय बन्न नसक्नु हो । यसको कारण देशको राजनैतिक पक्ष , सामाजिक पक्ष अनि जनमानसको सङ्कीर्ण सोच नै प्रमुख हो ।
आज बिहानको प्रतिफल पनि यहि हो। कारण पनि यहि हो। राज्य प्रत्येक खेलाडीको घरमा जाओस् खेलाडी हरुको अवस्था के छ? परिवारिक समस्या के छ? जिवन स्तर कस्तो छ? आफ्नो प्रतिभा लाई कसरी maintain गरेको छ? पहिला बुझोस अनि मात्र खेलाडी हरुको बारेमा टिका टिप्पणी गर्न सुहाउँछ।
विगतको तुलनामा खेल क्षेत्रमा केही सुधार भएता पनि खेलाडीको जीवनस्तर भने खासै परिवर्तन आउन सकेको छैन । खेलाडीले आफ्नो जिउ ज्यान लगाएर खेल खेल्छन् । आफ्नो जीवन नै खेलकुदमा समर्पण गर्ने गरेका छन् । तर राज्यको तर्फ बाट खेलाडीको मनोबल बढाउने खेलाडीको ऊर्जा कायम राख्न प्रोत्साहन गर्ने र जीवनस्तर सुधारका निम्ति कुनै पनि नीति कार्यक्रम ल्याउन सकी रहेको छैन । जीवनभर राष्ट्रको नाममा खेल्ने खेलाडी बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था हुँदैन उपचार नै नपाएर मर्ने गरेका हामीले देखेका छौ ।
‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ‘ भन्ने खेलकुदको मूल नारा रहेको छ । यो नारा सच्चिन जरुरी छ । स्वास्थ्य र राष्ट्रका लागि मात्र हाेइन्, अब खेलकुद राेजगारीकाे क्षेत्र पनि बन्नुपर्छ । अहिले स्वास्थ्यका लागि खेलकुद पनि बनेको छ । राष्ट्रका लागि पनि खेलकुद बनेको छ । तर खेलाडीको लागि चाहिँ खेलकुद बन्न सकेको छैन । अन्त्यमा सम्पुर्ण खेलाडी हरु लाई शुभकामना छ। जय नेपाल ।