काठमाडौं : नेपाली कांग्रेस बाँके–काठमाडौं सम्पर्क समितिको सभापतिमा दिलबहादुर ओली निर्वाचित भएका छन् । ओली बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका स्थायी बासिन्दा हुन् । उनी काठमाडौंमा बसेर लामो समयदेखी हवाई सेवा प्रदायक कम्पनीमा काम गर्छन् ।
समितिको शनिबार काठमाडौंमा सम्पन्न भएको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको हो । उक्त समितिको उपाध्यक्षमा कमल डिसी, सचिवमा गोविन्द पौडेल,सह–सचिवमा नितेश सिंह मौर्य र कोषाध्यक्षमा सुभाष पौडेल निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा चिरञ्जिवी गौडेल, अर्जुन पौडेल, शुष्मा शर्मा, गोपाल काफ्ले, राजेन्द्र खड्का, कर्ण कठायत, हरिबहादुर बुढाथोकी, बिरेन्द्र थारु, तारा रिजाल, किरण लम्साल, सुशान्त अधिकारी र तिलकबहादुर खत्री रहेका छन् ।
अधिवेशनको प्रमुख अतिथी एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन शत्रमा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेता हुर्मत न्यौपाने, लुम्बिनी प्रदेश सदस्यद्धय टेकनारायण भुसाल र रामबहादुर मल्ल, कांग्रेस बाँकेका पुर्वसचिव एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधिहरु कमला हमाल, कृष्णबहादुर बिक र पवन यादव, नेपाली कांग्रेस बाँकेका सदस्य टंकप्रसाद काफ्ले लगायतको उपस्थिती रहेको थियो ।