काठमाडौं : अघिल्लो दिनको सामान्य करेक्सनपछि बुधबार नेप्सेमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार २१ अर्ब ५१ करोडको सेयर कारोबार भएकोमा बुधबार २३ अर्ब ४३ करोडको कारेबार भएको छ ।
मंगलबारको तुलनामा आज कारोबार रकममा १ अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो । यसदिन ३३२ वटा धितोपत्रको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच भएको हो । बुधबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ वटाको घटेको छ । यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आइसिइफसी फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमी लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्गवा हाइड्रो र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ सय ७२ रूपैयाँमा झरेको छ ।
बिन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७ सय ५९ रूपैयाँ ९० पौसा कायम भएको छ । बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १९ रूपैयाँमा ८६ करोड ५८ लाखको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार रूपैयाँमा ६८ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.९० प्रतिशत बढेको हो ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ, भने बाँकी सबै समूहको परिसूचक बढेको छ । यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशतले बढेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०७ प्रतिशतले बढेको छ ।