नेपालगन्ज : नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ बाँकेले पूर्णता पाएको छ । नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच कार्यसमिति, पदाधिकारी घोषणा भएसँगै महासंघले पूर्णता पाएको हो ।
महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले कार्यसमिति, पदाधिकारीको नाम घोषणा गरेका हुन् । यसअघि अध्यक्ष थारुले महासंघको जिम्मेवारी पाएका थिए । महासंघ बाँकेको उपाध्यक्षमा टेकबहादुर खड्का र मोहम्मद याकुव अन्सारी, सचिवमा महेन्द्र मल्ल, कोषाध्यक्षमा अस्मिता शाह महतरा, सहसचिवमा राजकुमार महतरा रहेका छन् ।
यसैगरी सदस्यहरुमा शेरबहादुर मुरद, गणेश बोहरा, देवीराम अधिकारी, बोधिलाल न्यौपाने, सविता केसी, मकबुल खाँ, आईला बोहरा, रुद्रकली बिक, राधा खड्का, सुनिल ढकाल, ओ.बि. सेन्चुरी, भिमबहादुर, दिपनारायण बर्मा, पदमबहादुर मल्ल, लालबहादुर थारु, ठाकुर थारु, लक्ष्मीराम यादव, भुवन थापामगर, रिता थापा, भुपाल ओली, मानबहादुर रोकाय, लिला थापा रेग्मी, सत्यप्रकाश उपाध्याय र लंकबहादुर मल्ल रहेका छन् ।