काठमाडौं : साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलव १४ प्रतिशतले घटी हो । आइतबार तीन सय ३० कम्पनीको कारोबार भएको छ ।
तीन सय ३० कम्पनीको आइतबार ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर ३ लाख नौं सय १८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७ ६ बराबरको कारोबार भएको छ । त्यस्तै, आइतबारको कारोबारको दिन सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ ।
आइतबार ४७ स्टकको मूल्य बढेको छ, भने १९७ स्टकको मूल्य घटेको छ । नेप्से घटेपनि आइतबार ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै लिबर्टी इनर्जीको शेयरमूल्य करिव १० प्रतिशत बढेको छ । कारोबारमा आएको नेपाल फाइनान्सको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, यस दिन अपि पावरको ७८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब ६६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिंङ, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.४९ प्रतिशत घटेको छ ।
त्यसैगरी, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ, भने विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन ।