कोहलपुर : कोहलपुर उद्योग वाणिज्य संघको आसन्न्न निर्वाचनका लागि चुनावी सरगर्मी सुरु हुन थालेको छ । आगामी कार्तिक ३ गते संघको निर्वाचन हुदैछ । निर्वाचनका लागि प्रगतिशील समुहले उम्मेदवारी घोषणा गरेको हो ।
उक्त समुहले अञ्जना धिताललाई अध्यक्ष पदमा अगाडि सारेको छ । एक कार्यक्रमका बीच समुहले अध्यक्षमा अञ्जना धिताल सहित १९ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । सो समुहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सह–कोषाध्यक्षमा टंक खनाल रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्र बहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एक बहादुर खड्का, एसोसिएटतर्फ कृष्ण रानाभाटको उम्मेदवारी घोषण गरेको हो । उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघका कोहलपुर नगरअध्यक्ष ज्ञानेन्द्र खनालले धिताल नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे ।