बाँके(राप्ती सोनारी) : ‘टोल-टोलमा काँग्रेस अभियान’ अन्तरगत बुधबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजना तथा वडा कार्यसमितिको संयोजनमा राप्ती सोनारी ३ को नवलपुर र नारायणपुरमा कार्यक्रम गरिएको हो ।
राप्ती सोनारी ३ का सबै टोललाई समेटेर उक्त कार्यक्रम गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ । दुबै कार्यक्रममा उपस्थित काँग्रेस कार्यकर्ताले आगामी २०८४ सालमा हुने निर्वाचनका लागि अहिले देखी नै जनताका समस्या र गुनासालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।
काँग्रेसका महासमिति सदस्य एवम पार्टी प्रतिनिधि महाबीर ओलीको प्रमुख आतिथ्य तथा काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवरम खत्री, काँग्रेस नेता हुर्मत न्यौपाने, पार्टीका जिल्ला सदस्य बुद्धि थारु, प्रदेश सभा–१ ‘क’ का सभापति अमर बहादुर बुढाथोकी, काँग्रेस क्षेत्र नम्बर १ का सचिव जयश्वर पौडेल, सह–सचिव रामबहादुर रावत, प्रदेश सभा–१ ‘क’ का सचिव गंगाराम चौधरी, भिम पौडेल, काँग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, सचिव सन्तोस चौधरी, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, राप्ती सोनारी ३ का सभापति शंकर महतरा, काँग्रेस नेता तुलसीराम थारु, राप्ती सोनारी ३ अन्तरगत विभिन्न टोलका सभापति एवम पदाधिकारी, क्रियाशिल सदस्य लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले पार्टीको यस अभियानले संगठन सुदृढीकरणमा फाइदा हुने बताए । अभियानले पार्टीको सांगठनिक अवस्था, टोलमा भएको विकास निर्माण र अझै गर्नुपर्ने काम लगायत विषयमा पहिचान गर्ने उनले बताए । क्षेत्रीय सभापति केसीले पार्टीको उक्त अभियान क्षेत्र नम्बर १ अन्तरगत राप्ती सोनारी गाउँपालिका १ का विभिन्न टोलबाट सुरु गरिएको जानकारी दिए । पार्टीलाई बलियो बनाउन टोल समितिको भुमिका महत्वपूर्ण हुने बताए ।
कांग्रेस केन्द्रिय कार्यसमिति, जिल्ला र क्षेत्रको संगठन सुदृढिकरण अभियान अन्तरगत बुधबार तेस्रो दिन राप्ती सोनारी वडा नम्बर ३ का विभिन्न टोललाई समेटेर कार्यक्रम गरिएको उनले जानकारी दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिती रहेको र संगठनको आन्तरिक जीवनका साथै विकास निर्माणका योजना तथा स्थानीय जनताले भोग्नुपरेका समस्या र समाधानको उपायका बारेमा छलफल क्षेत्रीय सभापति केसीले बताए । उक्त कार्यक्रम सञ्चालन क्षेत्र नम्बर १ का सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।