सल्यान :शारदा नगरपालिका वडा नम्बर ३ सल्यानले आथिक बर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाइमा सहभागीहरुले शारदा नगरपालिका वडा नम्बर ३ को आयोजना र बास नेपालको सहजिकरणमा आइतबार वडा नम्बर ३ को नयाँ बसपार्कमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले नयाँ बसपार्क ब्यवस्थापन हुन नसकेको, बस पार्क प्रबेश गर्ने मोडमा सडक साँघुरो भएको, वडा नम्बर ३ मा रहेका प्राथमिक बिद्यालयको शैक्षिक अबस्था कमजोर हुदै गएको, पालिका बाट स्पष्ट सुचना प्रकाशित नहुदा समस्या आएको, सार्बजनिक सुनुवाई कार्यक्रम यस भन्दा अगाडी कहिलै भएको थाहा नभएको, योजना छनौट हुँदा सहभागितामुलक नभएको, सिपमुलक र रोजगारमुलक कार्यक्रममा वजेट विनियोजन गर्नुपर्ने लगायतका प्रशन तथा गुनासोहरु राखेका थिए ।
करिव २ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रमको खुल्ला छलफलबाट आएका प्रशनहरुको जवाफ शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा नम्बर ३ का अध्यक्ष तुल्सा भण्डारी, नगरपालिकाका विषयगत शाखा प्रमुखले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठान भएका सवालहरुको आधारमा ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताको घोषना गरिएको छ । घोषणा भएका प्रतिबद्धताहरुमा खड्कदेबी प्राथमिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभाव रहेकाले त्यसका लागि आबश्यक पहल गर्ने, गुठी तथा सार्बजनिक जग्गाको संरक्षणमामा स्थानिय सरकार प्रतिबद्ध रहेको, वडा नम्बर ३ मा रहेको नयाँ बसपार्कलाई थप ब्यवस्थापन र एकतर्फी सवारी सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरी आबश्यक पहल गर्ने, आगामि दिनमा योजना तर्जुमा गर्दा सहभागितामुलक योजना तर्जुमा प्रक्रियालाई आत्मसाथ गर्दै सिपमुलक र रोजगारमुलक कार्यक्रमलाई प्रथामिकिकरण गर्ने, वडाका बिभिन्न क्षेत्रमा सडक तथा बाटो बिस्तार हुन नसकेको जनगुनासो आएकाले आगामी दिनमा क्रमागत रुपमा आवश्यक्ताको आधारमा सडक विस्तार गर्ने रहेका छन् ।
१२० बढी सहभागिता रहेको उक्त कार्यक्रममा बास नेपाल सल्यान शाखा अध्यक्ष योगमाया रेउले स्वागत गरेकी थिइन भने वडाको पहिलो चौमासिक प्रगति प्रतिबेदन वडा सचिव निमा रोकायाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण बास नेपालका पुर्ब केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए ।