नेपालगन्ज : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक उत्सवको अवसरमा सोमबार प्रभातफेरी गरेको छ । वार्षिक उत्सवको अवसरमा नेपालगन्जसहित देशभर कार्यक्रम गरिएको हो ।
वित्तीय साक्षरताका लागि नेपालगन्जमा गरिएको प्रभातफेरीले उपमहानगरको विभिन्न ठाउँको परिक्रमा गरेको बैंकका नेपालगन्ज धम्बोझी शाखा प्रबन्धक निर्मल बुढाथोकीले जानकारी दिए । नेपालगन्जको धम्बोझी(बीरेन्द्र) चोकबाट सुरु भएको प्रभातफेरी पुष्पलाल चोक, न्यूरोड, त्रिभुवन चोक, चारबाहिनी चोक, गणेशमान चोक, विपी चोक हुदै पुनः धम्बोझी चोकस्थित बैंकको कार्यालय परिसरमा पुगेर समापन भएको उनले बताए । प्रभातफेरीमा बैंकका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सात वटै प्रदेशका मुख्य-मुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । यही पुस १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औं वर्ष पुरा भई १९औँ वर्षमा प्रवेश गर्दैछ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट फरक-फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।