नेपालगन्ज : अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई स्वागत गर्न नेपालगन्जस्थित सिद्धार्थ होटलले मंगलबार ‘न्यु एयर इभ’ गर्दैछ । उक्त कार्यक्रममा चर्चित गायिका रचना रिमाल र गायक चक्र बम आउने भएका छन् । उक्त होटलमा चर्चित गायक गायिकासँगै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती हुने होटलका मार्केटिङ म्यानेजर नवीन भट्टले बताएका छन् ।
गायिका रचनाका आउ तिमी अंगालोमा, चाहन्छु, तिमीले सोचे भन्दा धेरै, फोटो फिरिममा, उनको प्रिती, भन साइला, छुट्टै माया पिरिम लगायत एक दर्जन भन्दा बढी गीत चर्चामा रहेका छन् । यस्तै गायक बमका नाच मेरी झुमा, बाडुलकी लाउन्या, लाल कुर्ती, ओइ काजल, बम्बई गइजाने, छम्म छम्म, सौराइ लागी लगायत डेउढा गीतहरु चर्चामा छन् ।
कार्यक्रमका लागि काठमाडौंबाट ओपनिङ ब्याण्ड ‘निलिमा एण्ड द सुरुवात ब्याण्ड’ र समापनका क्रममा ‘डिजे सेड’ को प्रस्तुती रहने बताइएको छ । नेपालगन्जका सञ्चारकर्मी समिरमान श्रेष्ठले सञ्चालन गर्ने उक्त कार्यक्रममा बढी भन्दा बढी दर्शकहरु उपस्थित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमका लागि अहिले टिकटहरु धमाधम बिक्री भइरहेको होटल सिद्धार्थका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए । कार्यक्रममा सहभागी हुनका लागि होटलले कपललाई ४ हजार ५ सय, वयस्क सिंगललाई २ हजार ५ सय र बच्चालाई एक हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ । होटेल सिद्धार्थ नेपालगन्जकै सबैभन्दा धेरै रुम भएको चार तारे लक्जरी होटेल हो ।
सिद्धार्थ गु्रप अन्तर्गत देशभरका विभिन्न स्थानमा होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफे सहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ । आगामी दुई महिनाभित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवलसँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ ।