नेपालगन्ज : ग्याँस बिक्रेता ब्यवसायीहरुको छाता संगठन ग्याँस बिक्रेता महासंघ, नेपाल लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित भएको छ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गरेको हो ।
महांघको अध्यक्षमा बर्दियाका ईन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा परासीका हरि अधिकारी, उपाध्यक्षमा पाल्पाका मञ्जु रेग्मी, उपाध्यक्षमा दाङका शेरबहादुर केसी, महासचिवमा रुपन्देहीका शालिकराम लेस्ती, सचिवमा कपिलबस्तुका बाबुराम पाण्डे, सहसचिवमा परासीका सन्दिप अग्रहरी र कोषाध्यक्षमा बाँकेका सुनिल रेग्मी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा रुपन्देहीका खुमानन्द भट्टराई, बर्दियाका टिकाराम कोईराला, बाँकेकी सावित्री बस्नेत, गुल्मीका रामबहादुर कुँवर, गुल्मीकै धनराज राना, दाङका मदन चौधरी, कपिलबस्तुका सन्देश कक्षपति र रुपन्देहीका विष्णु बहादुर क्षेत्री निर्वाचित भएका छन् । महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा यसअघि रामप्रसाद गैरे अध्यक्ष थिए ।