बाँके (डुडुवा) : डुडुवा गाउँपलिकाका बिद्यार्थीलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासनबारे जानकारी गराइएको हो ।
अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री वातावरण, बालविकास तथा सहभागिता लगायतका विषयमा तेज विक्रम शाहले सहजीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बाल बालिकाहरुलाई बाल अधिकारसँग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
उनले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताए । अभिमुखीकरणमा डुडुवा अन्र्तगत रहेका विद्यालयका कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणको शुभारम्भमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्ण, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, सामुहिक अभियान नेपालका अध्यक्ष केसु पोखरेल, सचिव तारा वली, महिला अधिकारकर्मी लक्ष्मी पोखरेल, कृष्णा कार्कीले बालबालिकासँग जोडिएका विभिन्न विषयमा आ-आफ्नो धारणा राखेका थिए ।