नेपालगन्ज : ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाँकेले प्रशिक्षण तथा कार्यशाला गरेको छ । घर–घरमा सदस्य, टोल–टोलमा संगठन भन्ने मूल नाराका साथ प्रशिक्षण तथा कार्यशाला गरेको हो ।
प्रशिक्षण कार्यक्रममा अनेमसंघका केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज बिना ज्ञवालीले मार्च ८ र महिला आन्दोलनको विषयमा प्रशिक्षण दिएकी थिइन् । यसैगरी अनेमसंघका केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज अछरी पोखरेलले मार्च ८ किन मनाउने, महिलाको हालको आवश्यकता र उपलब्धीका विषयमा प्रशिक्षण दिइन् ।
यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले जरा अभियान, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भारती खनालले अनेमसंघको सांगठनिक इतिहास, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अनेमसंघ र पार्टीको सम्बन्ध, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य विजया धितालले महिला सशक्तिकरणका विषयमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा भुमी आयोगको सदस्यमा चयन भएकोमा तलत प्रविण खान र प्रदेशमा सामजिक विज्ञमा चयन भएकोमा विम्मिरानी पन्थीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
अनेमसंघ बाँकेका अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अनेमसंघका केन्द्रिय सदस्यद्धय सरस्वती मल्ल र सुनिता तिवारी, नेकपा एमाले प्रदेश सदस्यहरु गोपाल गिरी, एकमाया बिक, भगवती बराल, हिरा खराल, कृष्णा पाठक, भुमिसरा धिताल, एमालेका जिल्ला सचिव बलराम भट्टराई, सह-सचिव किशोर थापा, अनेमसंघ प्रदेश सदस्य कृष्ण चालिसे, जिल्ला सदस्य जमुना के.सी लगायतको सहभागिता रहेको थियो ।