बाँके (खजुरा) : खजुरा गाउँपालिकामा सञ्चालन हुन लागेको २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षाका लागि नियतवस परीक्षा केन्द्र सारिएको भन्दै चौतर्फी रुपमा बिरोध गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष फारुख शेषले शिक्षा नियमावली विपरित भानु माध्यामिक बिद्यालयको परीक्षा केन्द्रलाई सोही वडाको जनसेवा माध्यामिक बिद्यालय पुरैना, गिजरामा सारिदिन गाउँपालिकाको शिक्षा शाखालाई यही फागुन २० गते पत्र काटेर सिफारिस गरेका थिए ।
भानु माविमा पर्खाल ब्यवस्थित नभएको र पर्याप्त मात्रामा डेस्क बेन्च नभएको कारण देखाउँदै जनसेवा माविमा केन्द्र सारिदिन वडाअध्यक्ष शेषले अनुरोध गरेका थिए । तर, वडाअध्यक्ष शेषले भानु मावि ब्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरुसँगको बैचारिक बिमतीका कारण भौतिक पुर्वाधारको पहुँच हुँदा हुदै परीक्षा केन्द्र हटाउन गरेको सिफारिस खेदजन्य भएको विभिन्न सरोकारवालाले बताएका छन् ।
बिद्यार्थीको सहजतालाई बेवास्ता गर्दै परीक्षा केन्द्र सार्न वडाअध्यक्ष शेषले गरेको बद्नियत विरुद्ध बिद्यालय ब्यवस्थापन समिति, अभिभावक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने सरोकारवाला लगायत असन्तुष्ट भएका छन् । बिद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र नराखेमा चरणवद्ध आन्दोलन गर्न बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
यसरी विज्ञप्ती जारी गर्नेहरुमा भानु माध्यामिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष समसुद्धहा खाँ, पशुपति मावि खजुरा–८ का अध्यक्ष इल्यास खान, अमृत प्रावि खजुरा–७ का अध्यक्ष शिवकुमार कोरी, जनता मावि खजुरा–७ का सदस्य सब्बर खाँ, नेरा आवि खजुरा–८ का अध्यक्ष रफिक साई, नेरा मावि गोदहवा खजुरा–७ का सदस्य हुकुमदार खाँ र नेरा प्रावि रजनवा खजुरा–५ का अध्यक्ष मनोज कुर्मी रहेका छन् ।

