नेपालगन्ज : नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल बिद्यार्थी संघले आफ्नो प्रचार-प्रसार कार्यलाई तीब्र पारेको छ । यही चैत ५ गते क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुदैछ ।
निर्वाचनका लागि नेविसंघले उम्मेदवारलाई मैदानमा उतारेर प्रचार-प्रसार तीब्र पारेको हो । नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्र बिष्टले क्याम्पसमा प्रचार-प्रसार तिब्र पारिएको जानकारी दिए । उनले नेपाल बिद्यार्थी संघका उम्मेदवारको पक्षमा निर्वाचन माहोल देखिएको बताए ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघले स्ववियु सभापति पदमा सन्तोष रावल (आर.एस.)लाई अगाडी सारेको छ । यस्तै स्ववियु सचिवमा सत्यन्द्रप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा सिर्जना पौडेल तथा सदस्यहरुमा प्रत्यक्षतर्फ सुदिप चौधरी, सौरव खड्का, अरुणा राना, सुरज भण्डारी, दिपा कुमारी बुढा, अहमद राजा राई, दिनेश रावल र रोशन बि.क. उम्मेदवार रहेका छन् ।
यसैगरी सदस्यहरुमा समानुपातिक तर्फ गौरव विक्रम शाह, सुरत थारु, विरेन्द्र शाह, जनम शाही, लेखनाथ के.सी., रमेश प्रसाद न्यौपाने, सुरज अधिकारी, सौरव गौतम र विरेन्द्र पाण्डे चुनावी मैदानमा उत्रेका छन् ।
नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस सचिवालय संयोजक प्रकाश कुँवरले स्ववियु निर्वाचनको अन्तिम समयमा नेविसंघका उम्मेदवारहरु प्रचार-प्रसारमा रहेको बताए । उम्मेदवारले घरदैलो अभियान जारी राखेको उनले सुनाए ।
यो पनि पढ्नुस् :
स्ववियु निर्वाचनको सरगर्मी, प्रचार-प्रसारलाई तीव्रता