नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले शनिबार तेस्रो जिल्ला सम्मेलन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको भवानीयापुरमा रहेको नेपालगन्ज सिटी हलमा सम्मेलन गरिएको हो । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथी एवम कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरे ।
भिडियो रिपोर्ट :
उक्त सम्मेलनलाई महामन्त्री शर्मासँगै, पार्टीका सह-महामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्यहरु दीपक गिरी, डा. गोपाल दहित, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य परमेश्वरी पाठक, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, पार्टीका राप्ती सोनारी सभापति भिमबहादुर रानाक्षेत्री, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँन, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, कांग्रेस बाँकेका सदस्य उमा थापामगर लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा उपसभापति गोपाल अधिकारीले स्वागत गरेका थिए ।
उक्त सम्मेलनमा सभापति गौडेलले पार्टीको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै सचिव सुधान्सु कोइरालाले सांगठानिक र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उक्त सम्मेलनमा विभिन्न क्षेत्रबाट पार्टीलाई योगदान पुर्याउने नेता तथा कार्यकर्ता, पुर्बसांसद तथा जनप्रतिनिधि, जग्गा दाता, अन्य सहयोगी दाताहरुका साथै पत्रकारद्धय जे पाण्डे र नवीन गिरी लगायतलाई सम्मान गरिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । सम्मेलनमा प्रस्तुत प्रतिवेदन पनि पारित भएको उनलेे बताए ।