पदबाट राजिनामा दिए गृहजिल्ला बाँके आइपुगेका पुर्व उद्योग तथा वाणिज्य मन्त्री गजेन्द्र हमाल अहिले विभिन्न कार्यक्रम र भेटघाटमा ब्यस्त छन् । उनी दिनहुँजसो नेपाली कांग्रेसले जिल्लाका विभिन्न ठाउँमा गर्ने कार्यक्रममा समय दिइरहेका छन् । पार्टीका गतिविधीमा पुनः सक्रिय रहेका हमालसँग दूरसञ्चार डटकमका लागि गरिएको विशेष कुराकानी :-
गजेन्द्र हमाल
पुर्वमन्त्री, उद्योग वाणिज्य तथा आपुर्ति
अहिले गृहजिल्लामै हुनुहुन्छ, के मा ब्यस्त हुनुहुन्छ हिजो आज ?
म हिजो आज पार्टीको संगठन कार्यमा लागेको छु । किनकी दुई वर्षजति भयो, कोभिडले गर्दाखेरी कुनैपनि साथीहरु गाउँ गाउँमा जान पाउनु भएको छैन । पार्टीलाई सुदृढीकरण गर्न सक्नु भएको छैन । र गाउँको साथीहरु पनि अहिले छरिएका छन् । र तिनीहरुलाई एक ठाउँमा ल्याउने प्रयास गर्दैछु म ।
तपाई मन्त्री हुनुभयो, अनि मन्त्रीबाट राजिनामा दिनुभयो र जिल्ला आउँदाखेरी तपाईलाई कार्यकर्ताले एयरपोर्टदेखी घरसम्म ल्याउँदखेरी जुन एउटा अवस्था थियो, त्यतिबेला तपाईलाई कस्तो अनुभुती भएको थियो ?
मलाई एकदम सुखद अनुभुती भएको थियो । किनकी मैले हेरे, त्याग गरेपछि एउटा ठुलो जमात पछि लाग्दो रहेछ भनिकन । मैले मन्त्री पाइसकेपछि आन्तरिक पार्टीभित्रकै केही साथीहरुले बिरोध गरेको हुनाले मैले आफ्नो मन, बचन र कर्मले सोचेर र स्वविवेक निर्णय गरे । राजिनामा दिदाँखेरी मैले कसैलाई पनि सोधेन । भाईलाई सोधेने, दाईलाई सोधेन । यहाँसम्म कि साथीहरुलाई नसोधेर मैले राजिनामा दिएको हुँ ।
तपाई मन्त्री बन्नुभयो, केही घण्टामा राजिनामा दिनुभयो, यसमा अन्तरवस्तु के थियो ?
केही थिएन । भन्ने हो भने केही थिएन । स्वइच्छाले राजिनामा दिएको हो । मलाई कसैले राजिनामा दे पनि भनेको थिएन । कसैले रोकेको थिएन । मैले के सोचे भनेपछि मैले साथीहरुसँग राजिनामा दिउँ कि नदिउ भनेर यदी सल्लाह गरेको भए, धेरै साथीहरुले दे भन्थ्ये, धेरै साथीहरुले नदे पनि भन्थ्ये । त्यसकारण मैले कुनैपनि साथीहरुलाई सोधेन । अन्तरवस्तु पनि केही थिएन । मैले स्वइच्छाले दिएको हो । मेरो आत्माले त्यही कुरा गर्यो । मैले स्वविवेकले निर्णय गरेर दिएको हो । आत्माको आवाज सुनेर गरेको हो, मैले ।
तपाई कसरी मन्त्री बन्नु भएको थियो, अनि आफ्नो इच्छाले मन्त्री बन्नु भएको हो कि अन्य कुनै कारणले ?
हैन, अब भनौं न शेरबहादुर जुन सम्मानीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँसँग मेरो लामो समयदेखी सम्बन्ध थियो । र बाँके जिल्लामा पनि जब सुशिल दाई महामन्त्री हुनुभयो, प्रधानमन्त्री हुनुभयो, पार्टी सभापति हुनुभयो, त्यो अवस्था सम्ममा मेरो शेरबहादुर दाईसँग राम्रो सम्बन्ध थियो । धेरै लामो कुरा नगरौं यो विषयमा । १८ जिल्ला भंग हुँदाखेरी बाँके जिल्ला पनि भंग भएको थियो । र त्यो समयमा म पार्टी सभापति हुँदाखेरी तीन वटै सिट जितेको थियो ।
संसदको तिन वटै सिट हामीले जितेका थियौं । र ७५ वटा गाविसमा हामीले जितेका थियौं । भनेपछि यत्रो विशाल रुपमा मैले जिताएको थिए । तर, केही मतभेद भयो । त्यो मतभेदमा पनि कुरा नगरौं । मैले धेरै ठाउँमा भनिसकेको छु । र त्यही मतभेदको कारणले सुशिल दाईले मेरो जिल्ला पनि भंग गरिदिनु भयो । र त्यसपछि म जाने कहाँ त ? मेरो जाने अरु कुनै ठाउँ थिएन । र सम्मानीय प्रधानमन्त्रीसँग मेरो पहिले पनि राम्रो सम्बन्ध थियो । घरेलु सम्बन्ध थियो । समय समयमा आउने जाने र भेटघाट पनि भइरहन्थ्यो । त्यसकारण मैले उहाँलाई नै समातेर उतैतिर लागेको हुँ । खास त्यस्तो केही छैन ।
तपाईको लक्ष्य के थियो, यदी तपाईले आफ्नो पुरा कार्यकाल काम गर्न पाउनु भएको भए के के गर्ने योजना बनाउनु भएको थियो ?
सर्बप्रथम त मैले पहिलो बैठकमा के निर्णय गरेको थिए भनेपछि कोभिड १९ को प्रकोपले जुन उद्योगहरु बन्द भएका थिए । सञ्चालन भइसकेका थिएनन् । तिनीहरुलाई दर्ता गराइदिने भन्ने मैले एउटा निर्णय गरेको थिए । दोस्रो मैले के भनेको थिए भने साथीहरुलाई सहसचिव हुनुहुन्थ्यो, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सारा कर्मचारीको बीचमा मैले के भनेको थिए भनेपछि रुघ्न भएका उद्योगहरुको तपाईहरु एउटा लिष्ट तयार गर्नुस् ।
त्यो उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने मैले मुख्य धारणा राखेको थिए । मैले यो पनि भनेको थिए । त्यो सञ्चालन गर्नको लागि नेपाल सरकारको जुन उद्योगहरु हो । त्यो सञ्चालन गर्नको लागि म नेपाल सरकारसँग पैसा ल्याएर सञ्चालन गर्छु भनेर प्रतिवद्धता पनि जाहेर गरेको थिए । त्यो गरेपछि के हुन्थ्यो भने धेरै मान्छेहरु जुन मान्छेले सर्भिस पाएका थिएनन् । तिनीहरुले सर्भिस पाउँथ्ये पहिलो कुरा । दोस्रो कुरा के हुन्थ्यो भनेपछि एउटा रुघ्न उद्योगलाई पनि यो मन्त्रीले राम्रोसँग सञ्चालनमा ल्याइदियो भन्ने एउटा त्यो राम्रो पक्ष थियो ।
नेपाल सरकारका उद्योगहरु र प्राइभेट उद्योगहरु जुन बन्द अवस्थामा अहिले छन् । सञ्चालन भइराखेको छैन । म त्यो उद्योगलाई पनि सञ्चालन गर्ने तर्फमा म लागेको थिए । र त्यहाँका सचिव ज्युहरुसँग पनि मैले कुरा गरेको थिए । यो सञ्चालन गर्नको लागि तपाईले १० दिन, १५ दिन समय लिनुस् र एउटा प्रतिवेदन दिनुस्, त्यो उद्योगलाई सञ्चालन गरौं । सबभन्दा पहिलो प्राथमिकता भनेको दुई वटा उद्योगको लागि थियो ।
अर्को कुरा के थियो भनेपछि नेपाल सरकारका उद्योगहरु र प्राइभेट उद्योगहरु जुन बन्द अवस्थामा अहिले छन् । सञ्चालन भइराखेको छैन । म त्यो उद्योगलाई पनि सञ्चालन गर्ने तर्फमा म लागेको थिए । र त्यहाँका सचिव ज्युहरुसँग पनि मैले कुरा गरेको थिए । यो सञ्चालन गर्नको लागि तपाईले १० दिन, १५ दिन समय लिनुस् र एउटा प्रतिवेदन दिनुस्, त्यो उद्योगलाई सञ्चालन गरौं । सबभन्दा पहिलो प्राथमिकता भनेको दुई वटा उद्योगको लागि थियो ।
एउटा रुघ्न उद्योगको लागि, एउटा बन्द भएका नेपाल सरकारको उद्योगको लागि । त्यसमा पनि मैले के भनेको थिए भने नेपाल सरकारको पैसा ल्याएर म सञ्चालन गराउँछु । पाइएन भनेपछि नेपाल भित्रैका उद्योगपतिहरुसँग सर, सल्लाह गरेर म यसलाई सञ्चालन गराउँछु । त्यो पनि भएन म विदेशका उद्योगपतिलाई ल्याएर सञ्चालन गराउने मेरो मुख्य ध्येय यही थियो ।
तपाईले जुन निर्णय गराउनु भएको थियोे, ति निर्णय अब कार्यान्वयन होलान्, विश्वस्त हुनुहुन्छ ?
हालसम्म त यो कुरालाई कसैले उठाएन । यसभन्दा पहिलेका पुर्बमन्त्री ज्यूहरुले । र अहिले वर्तमान अवस्थामा कोही पनि मन्त्री आउनु हुन्छ भने म उहाँसँग नै आग्रह गर्छु कि मैले उठाएका कामहरु तपाई गर्दिनुस् । यसमा जनताको हित पनि छ । राष्ट्रको हित पनि छ र बेरोजगारहरुको लागि रोजगार पाउने भन्ने मैले एउटा सोचेको छु । यति मेरो काम गर्दिनुस् भन्ने म उहाँहरुलाई आग्रह गर्ने मात्रै हुँ ।
तपाईले सांसद नभएको अवस्थामा पनि मन्त्री जस्तो पद पाउनु भयो । र अब यहाँको सोच के छ, पार्टीको राजनीतिमा ?
अब म भनौं न । दुई तिन वर्ष त कोभिड १९ ले गर्दाखेरी नेपाली कांग्रेस मात्र होइन, कि सबै दलका मान्छे निस्कृय थिए । गाउँ गाउँमा कोही पनि पस्ने हिम्मत गरेका थिएनन् कोभिड लाग्छ भनेर । त्यो अवस्थामा म पनि थिए । म पनि गाउँ गाउँमा घुमेन, यो दुई तिन वर्षभित्र । न कुनै साथीहरु घुमे । तर, मैले यो समयको सदुपयोग कसरी गरे भनेपछि मैले बाँके, बर्दिया र दाङमा संस्थाहरु खोलेर त्यो संस्थामार्फत धेरै काम गरे । जस्तो अपांग संस्थामार्फत धेरै काम गरे मैले । त्यहाँ धेरै २०/२२ जोडी मैले कपडा वितरण गरेको छु । ढाई/तीन सय ओढ्ने वितरण गरेको छु । बच्चाहरुको स्कुलमा मैले किताब र कापीहरु दिएको छु । यस्तै ५० क्वीन्टल चामल बाँडेको छु । मैले यसरी सेवा गर्दै आएको छु । र मेरो राजनीतिक जीवनमा यो सक्रियता नभएपनि सामाजिक जीवनमा सक्रियता भइरहेको थियो ।
तपाईले हिन्दु धर्म पुर्नस्थापनाको मुद्दा पनि उठाउनु भएको थियो । त्यो मुद्दालाई कसरी अगाडी बढाउनु हुन्छ, अनि आफ्नो राजनीतिक गतिविधीलाई कसरी बढाउनु हुन्छ ?
राजनीतिक गतिविधीको लागि त म पार्टी संगठनतिर लाग्छु । र पार्टी सुदृढीकरणतिर लाग्छु । र छरिएर बसेका जुन हाम्रो नेपाली कांग्रेसका साथीहरु हुनुहुन्छ, गुट र उपगुटमा जुन विभाजित हुनुहुन्छ, म तिनीहरुलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्दैछु । र म जहाँ पनि जान्छु, मैले भन्छु गुट र उपगुट तोडौ । हामी एक होऔं र नेपाल अधिराज्यभरीमा ७७ जिल्लामा एउटा हामी उदाहरण बनौं । र हामीले निर्विरोध गरौं । बुथ इकाइ कमिटीदेखी जिल्ला सभापतिसम्ममा सबै जनाले आफ्नो आफ्नो तर्फबाट कति योगदान गर्न सक्नु हुन्छ, कति त्याग गर्न सक्नु हुन्छ, अब समय आइसकेको छ । अब योगदान र त्याग गरौं । र हामीले निर्विरोध निर्वाचित होऔं र एउटा उदाहरण हो बाँके जिल्ला ।
जस्तो मैले मन्त्री पद त्यागेर एउटा उदाहरण दिएको छु, त्यस्तै तपाईहरु पनि त्याग गर्नुस् भनेर आग्रह गर्दछु मैले । र हिन्दु राष्ट्रको कुरामा म हिन्दु हुँ । सबै धर्मले आफ्नो धर्ममाथी गर्व गर्नुपर्छ । एउटा मुसलमान छ, उ मुस्लिम धर्ममा अनुयायी छ, मुस्लिम धर्म मान्छ भनेपछि त्यसले पनि गर्वका साथ भन्नुपर्छ कि म मुस्लिम हुँ, म मुस्लिम धर्ममाथी गर्व गर्छु भन्नु पर्दछ । त्यस्तै म एउटा हिन्दु हुँ, हिन्दु धर्ममाथी गर्व गर्दछु । र रह्यो हिन्दु राष्ट्रको कुरो । अब भोली जनताको कुरो हो, जनताले स्वीकारेर जनमत संग्रहमा दिन्छु भनेपछि मैले स्वीकार गर्छु हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
बाँकेमा नेपाली काग्रेसको राजनीति कस्तो मोडमा छ अहिले ?
मैले भनेपछि अर्थको अनर्थ हुन सक्छ । साँच्ची नै भनौं भनेपछि जुन वखतमा म पार्टी सभापति थिए, २०५२ सालतिर, त्यो वखत पार्टीको स्थिती असाध्यै राम्रो थियो । २०४६ सालमा पनि पार्टीको स्थिती असाध्यै राम्रो थियो । जुन वखतमा युवराज जी हुनुहुन्थ्यो । युवराज जीको पालामा र मेरो पालामा सबै क्षेत्र जितेका थियौं । तर, क्रमिक रुपमा जाँदाखेरी जुन वखतमा १८ जिल्ला भंग भयो र एक जना हाम्रो साथी कृष्णमान जीलाई सुशिल दाईले अध्यक्ष बनाउनु भयो, त्यो दिनबाट पार्टीको संगठन जुन छ, चकनाचुर भएर गएको छ । आज यस्तो स्थिती आएको छ । कि हामी आफैमा विभाजित छौं । हामी आफैमा एक अर्कासँग बोलिराखेका छैनौं ।
हामीले आफैमा एक अर्काको खुट्टा तानिराखेका छौं । हेर्नुस् म पनि २०६४ सालको चुनाव लडेको थिए, कांगे्रेसका साथीहरुले मलाई पनि हराउन लागे । मलाई एक एक मान्छेको नाम छ । अब त्यो वितेको कुरोलाई उठाउँदा फाइदा पनि छैन । त्यसकारणले अब पुराना कुरालाई, मन मुटावका कुरालाई, विवादका कुरालाई थन्काएर हामी एक हुनुपर्ने समय आइसकेको छ ।
हामीले आफैमा एक अर्काको खुट्टा तानिराखेका छौं । हेर्नुस् म पनि २०६४ सालको चुनाव लडेको थिए, कांगे्रेसका साथीहरुले मलाई पनि हराउन लागे । मलाई एक एक मान्छेको नाम छ । अब त्यो वितेको कुरोलाई उठाउँदा फाइदा पनि छैन । त्यसकारणले अब पुराना कुरालाई, मन मुटावका कुरालाई, विवादका कुरालाई थन्काएर हामी एक हुनुपर्ने समय आइसकेको छ । अब हामी एक नभएर अर्को विकल्प छैन । हामी एकताको सन्देश दिएर गाउँ गाउँमा पुगौं भन्ने मेरो चाहना हो ।
अन्त्यमा के भन्नु हुन्छ, आम कार्यकर्ता लगायत बाँकेबासी सबैलाई ?
म सबै कार्यकर्तालाई हात जोडेर विनम्र अनुरोध के गर्छु भनेपछि अब यो लडाई झगडा वाद विवादलाई त्याग गरौं । जुन गुटबन्दीहरु छ, टुक्रा टुक्रामा हामी विभाजित भएका छौं, हामी एक होऔं र एक भएर यो कांग्रेसको जित गराऔं । किनकी कांग्रेस भनेको कस्तो हो भने दुबो जस्तो हो, कांग्रेस फेरी मौलाउँछ । दुबो एकफेरी काटेर हेर्नुस्, फेरी मौलाउँछ । फेरी कांग्रेसलाई मौलाउने जमर्को गरौं । हामीहरुले एउटा उदाहरण बनाऔं ।
अधिराज्यभरीमा ७७ वटै जिल्ला छ, त्यो जिल्लाहरुमा चुनाव भएका छन्, तर मैले हिजो अस्तिबाट आग्रह के गरिरहेको छु भनेपछि चुनाव नगरौं । बरु मिलेर जाउ । जो-जो सक्षम हुनुहुन्छ, कार्यकर्ताहरु जो सक्षम हुनुहुन्छ, जुन-जुन लायकको पदमा हुनुहुन्छ, त्यसलाई त्यही लायकको पद दिउँ र निर्विरोधको प्रक्रिया अपनाऔं भन्ने मेरो सबै साथीहरुसँग आग्रह छ ।
भिडियो अन्तर्वार्ता हेर्नुस् :