नेपालगन्ज : नेपालगन्जस्थित ‘वेस्टर्न बिजनेश ग्रुप’को लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न ‘वेस्टर्न मार्ट’ सञ्चालनमा ल्याइएको छ । वेस्टर्न गु्रपले विगत एक दशकदेखी नेपालगन्जका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको थियो । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेत रोडस्थित वस्टर्न मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफुल, भाडाँकुडा, टेलिभिजन, मोबाईल फोन, बिभिन्न बिद्युतीय सामान लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु सहितका सामान सुपथ मुल्यमा उपलब्ध गराइने सञ्चालकले बताएका छन् ।
उक्त मार्टमा सुपथ मुल्यमा गुणस्तरिय सामान उपलब्ध हुने र ग्राहकले एकै ठाँउमा सबै समानहरु पाउने छन् । जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाँउ जाने समय र मोलमोलाई गर्ने झण्झट समेत हट्ने विश्वास गरिएको छ ।
मार्टमा खरिद गर्दा बिभिन्न किसिमका छुट योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेतालाई गोलाप्रथाबाट उपहार दिइने ब्यवस्था समेत मिलाइएको वेस्टर्न मार्ट प्रा.लि.का अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिएका छन् ।
‘जसलाई हाल चलनमा रहेको सेल्फि प्वान्ईटका रुपमा पनि लिन सकिने छ, त्यसैले यहाँ आउने ग्राहकहरुले किनमेलका साथ अन्य फुर्सदको समय पनि व्यतित गर्नसक्ने हाम्रो बिश्वास छ,’ लामिछानेले भने । मार्टमा भित्री आकर्षण तथा सजावटलाई समेत विषेश ध्यान दिइने सञ्चालकहरु बताउँछन् ।
बिषम परिस्थितीमा समेत स्थानीय स्तरमा निजी क्षेत्रको प्रयासबाट यस प्रकारको ठुलो लगानी गरेर व्यापार व्यवसाय सञ्चालनमा आउनाले यसले समग्र नेपालगन्जको व्यापार, व्यवसायलाई नविनता प्रदान गर्नुका साथै स्थानीय तहमा रोजगारीको सृजना गर्दै आर्थिक गतिविधि थप अभिवृद्धि गर्ने विश्वास लिइएको वेस्टर्न विजनेश ग्रुपका अध्यक्ष सञ्जय थापाले बताए । उनका अनुसार उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ ।
वेस्टर्न मार्टको दिपावलीको अवसर पारेर मंगलबार बिहान विधिवत रुपमा शुभारम्भ गरिदैछ । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको वेस्टर्न मार्ट सञ्चालक समितिका सदस्य एवम् अधिवक्ता इश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।
वेस्टर्न विजनेश ग्रुपमा उद्योगी, ब्यवसायी, वकिल, प्राध्यापक, सहकारीकर्मी, इन्जिनियर, डाक्टर, पत्रकार, बैर्कस लगायत विभिन्न ब्यक्ति आवद्ध छन् । उक्त ग्रुप नेपालगन्जमा ‘फोर डब्लु’ का नाममा पनि परिचित छ ।