कोहलपुर : नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नम्बर ८ कार्य समितिले बिजया दशमी, दिपावली, छठ तथा मोहम्मद डेको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्ने बक्ताले पार्टीको आसन्न १४ औं महाधिवेशनका सन्दर्भमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् । उनले पदीय दायित्वमा रहेका ब्यक्तिले विधि, विधान र पद्दति अनुसार पार्टी सञ्चालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडी बढ्न नसक्ने बताइन् ।
उक्त कार्यक्रममा जिल्ला सचिव तप्त पौडेल, पुर्वक्षेत्रीय सभापति नारायण सिग्देल, क्षेत्रिय सचिव डिल्ली गिरी, महासमिति सदस्यद्धय नारायण गौडेल र हुर्मत न्यौपाने, कांग्रेसका युवा नेता एवम् नेपाल पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसी, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, पुर्वमहाधिबेशन प्रतिनिधी कृष्ण कार्की, जिल्ला सदस्य चिन्तामणि धिताल, नमबहादुर आले, गौरा भट्टराई र बिराट खानेपानी समितिका अध्यक्ष खुमबहादुर खत्री, क्षेत्रिय प्रतिनिधी लाल बहादुर राणा लगायतले बोलेका थिए ।
उक्त कार्यक्रम कोहलपुर ८ का सभापति बेलबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस अवसरमा पार्टीमा लामो समयदेखि योगदान गर्ने हिमलाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहिर लगायत ५० जनालाई सम्मान गरिएको थियो, भने कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।