नेपालगन्ज : बेपत्ता पारिएको भनिएकी नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मी प्रकरणले नयाँ मोड लिएको छ । निर्मलाको भारतमा आफ्नै ‘कालगती’ ले मृत्यु भइसकेको बाँके प्रहरीले मंगलबार पुष्टी गरेको थियो ।
निर्मलालाई बेपत्ता पारिएको जिकिर गर्दै महिला अधिकारकर्मी रुबी खानको समुहले आवाज उठाइरहेका बेला प्रहरीले यस्तो तथ्य फेला पारेको हो । प्रहरी अनुसन्धानका क्रममा निर्मलाको २०७६ चैत १४ गते मृत्यु भइसकेको प्रमाण फेला परेको छ ।
नेपाल–भारत सिमानाका जमुनाहाबाट करिव १५ किलोमिटर टाढा भारतको जगन्नाथपुरको बलहामा मृत्यु भएको विवरण सहितको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले नेपाल प्रहरीलाई पठाइसकेको जिप्रका बाँके स्रोतले जनाएको छ । प्रहरीका अनुसार एकल महिला निर्मलालाई अर्जुन कुर्मीले भारतमा लगेर बिबाह गरेका थिए । अर्जुनले पनि भारतमा निर्मलाको ‘कालगती’ले मृत्यु भएको बयान प्रहरी समक्ष दिएका छन् ।
निर्मला कुर्मीलाई बेपत्ता पारेको भनि नेपालगन्ज-१७ निवासी पुर्वसभासद बादसा कुर्मी लगायत ब्यक्तिमाथी आरोप लाग्दै आएको थियो । आरोपको खण्डन गर्दै पुर्वसभासद कुर्मीले आफुमाथी लागेको आरोप पुष्टी भएमा कानुनी रुपमा सजाय भोग्न तयार रहेको बताएका छन् ।
‘म अपराधी हो भने मलाई सजाय हुनुपर्छ, नत्र झुटो आरोप लगाउने, अर्कामाथी लान्छना लगाउने, यिनीहरुमाथी कारबाही हुनुपर्छ,’ कुर्मीले भने । आफुमाथी किटानी जाहेरी परेको सुन्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय बाँकेमा आफै पुगेर बयान दिएको उनले सुनाए । कुर्मीले भने, ‘मैले त यो सुन्ने बित्तिकै जिल्ला प्रहरी कार्यालयमा पुगेर मेरो बयान लिनुस्, मैले केही गरेको छु भने मलाई कारबाही होस् भनेर भनेको हुँ ।’
आफुमाथी लगाइएको आरोप झुटो भएको अहिले आएर पुष्टी भइसकेको उनले बताए । आफुलाई राजनीतिक पुर्वाग्रही राखेर बद्नाम गर्नका लागि यस्तो आरोप लगाइएको उनको भनाइ छ । अधिकारकर्मी खानले भने अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी हत्या गरिएको मुद्दामा प्रहरीले गम्भिरता पुर्वक चासो नदिएको गुनासो गरेकी छन् । पीडितलाई न्याय नमिले आन्दोलन गर्ने उनको चेतावनी छ ।
भिडियो हेर्नुस् :