नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले शुक्रबारबाटै आफ्नो काम थालेका छन् । नेपालगन्जमा शुक्रबार अभिमुखिकरणसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा खटाइएको थियो ।
कार्यक्षेत्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले शुक्रबार नै सम्बन्धित वडाका बुथ सभापति, सुरक्षाकर्मी लगायतसँग समन्वय गरेर काम थालिसकेको जिल्ला सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए । ‘निर्वाचन सामाग्री बुझेर गइसकेपछि अधिकांस मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु निर्वाचनको तयारीमा जुटिसक्नु भएको छ, उहाँहरुलाई सम्पूर्ण जिम्मेवारी दिएर खटाएका छौं,’ शाहीले भने ।
बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत शुक्रबारको अभिमुखिकरणमा सहभागी भएका थिए । सहायक निर्वाचन अधिकृत शाहीका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र २ जनासम्म सहायक मतदान अधिकृत खटिएका हुन् ।
बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।
यस्तो छ निर्वाचन कार्यक्रम तालिका :
सहायक निर्वाचन अधिकृत शाहीका अनुसार शनिबार (भोली) बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिदैछ । यस्तै शनिबार नै बिहान ११ः१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन, बिहान ११ः२० देखी ३ बजेसम्म उम्मेदवारी मनोनयन, ३ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः५५ देखी ४ बजेसम्म उम्मेदवारीमाथी विरोध संशोधन गरिनेछ ।
यसैगरी दिउँसो ४ बजे उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, ४ः५ बजेदेखी ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २८ गते (आइतबार) बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने सहायक निर्वाचन अधिकृत शाहीले जानकारी दिएका छन् ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली :
यो पनि पढ्नुस् :
बाँकेमा कांग्रेसको निर्वाचन गराउन वडामा खटिए मतदान अधिकृत
बाँकेमा कांग्रेस निर्वाचनका सबै कार्यक्रम पछाडी धकेलिए