नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा सभापतिसहित संस्थापन (देउवा)पक्षको पुरै प्यानल निर्वाचित भएको छ । सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका हुन् । उनले २ सय ४३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । यस्तै उपसभापतिमा संस्थापन पक्षका धनराज बर्मा र मो. कमाल अन्सारी निर्वाचित भएका छन् । बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरे ।
सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्र कुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याइन् । यसैगरी सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश बादी (नेपाली)ले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए । प्रदेश क्षेत्रीय प्रतिनिधीमा पनि १ सय ७८ मत ल्याएर संस्थापन(देउवा) पक्षका गोकर्ण आचार्य विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अमृतकुमार आचार्यले १ सय ७३ मत ल्याए ।
नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो । उक्त निर्वाचनमा संस्थापन पक्ष(देउवा पक्ष)ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडी बढाएको थियो, भने संस्थापन पक्षकै रिजालले पनि आफ्नो प्यानल खडा गरेका थिए । संस्थापन इतर पक्षबाट थापाले आफ्नो प्यानल बनाएकी थिइन् ।
यो पनि पढ्नुस् :
कांग्रेस नेपालगन्ज उपमहानगरमा प्रशान्त विष्ट विजयी
नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरको मत गणना जारी