अछाम : बिद्यार्थी राजनीति हुदै पार्टीको मुल राजनीतिमा होमिएका चन्द्रप्रकाश देवकोटाको परिचय यतिबेला फरक बनेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर १ प्रदेश(ख) निर्वाचन क्षेत्रका सभापति पदका उम्मेदवार हुन्, देवकोटा ।
रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौं अछामका स्थायी बासिन्दा समेत रहेका उनको नेपाल बिद्यार्थी संघ र नेपाली कांग्रेसमा अविष्मरणीय लगानी रहेको छ । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका देवकोटा अहिले प्रदेश(ख) सभापति पदका सशक्त उम्मेदवार हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र नेपाली कांग्रेसमा गरेको लगानीको प्रतिफल स्वरुप यतिबेला उनी आम मतदाताको रोजाईमा पर्न सफल भएका हुन् । २०६४ सालमा बिधामन्दिर उच्च माध्यामिक बिद्यालय विनायक अछामको उपाध्यक्ष भएर बिद्यार्थी राजनीति सुरु गरेका उनी त्यसपछि अध्ययनको शिलशिलामा नेपालगन्ज झरे । उनले अध्ययनभन्दा नेविसंघको संगठन विस्तारमा समय दिए ।
देवकोटाले २०६९ मा नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाइ सचिवको जिम्मेवारी पाए । २०७० सालमा नेविसंघको तर्फबाट स्ववियु सचिवको उम्मेदवार बनेपनि अन्तिममा आएर निर्वाचन रद्ध भएको थियो । २०७३ सालमा नेविसंघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापतिको उम्मेदवार बनेपनि पुनः निर्वाचन रद्ध भयो । त्यतिबेला देवकोटाको पक्षमा निर्वाचन माहोल तात्तेको र जित्ने निश्चित जस्तै रहेको उनका सहपाठी सम्झिन्छन् ।
२०७४ देखि २०७५ सम्म देवकोटा ने.वि. संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको कार्यबाहक इकाइ सभापति बने । २०७५ देखि हालसम्म उनी ने.वि. संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाइ सभापतिको जिम्मेवारीमै छन् ।पार्टीको मुल राजनीतिमा लागेर आफ्नै जिल्ला र क्षेत्रका कार्यकता तथा आमजनताको सेवा गर्ने उनको ठुलो सपना छ ।
पार्टीको प्रदेश सभा क्षेत्रको नेतृत्व पाएपछि आफुले नेपाली कांग्रेसको संगठन सुदृढिकरणका साथै आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन महत्वपुर्ण भूमिका खेल्ने उनको योजना छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ बाट क्षेत्रीय प्रतिनिधी समेत भइसकेका देवकोटा पार्टीको १४ औं महाधिवेशनमा प्रदेश सभाको सभापति बन्ने कसरसमा जुटेका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा यसअघि उम्मेदवार बनिसकेका उनी विपी चिन्तन प्रतिष्ठान बाँकेको सदस्य पनि हुन् । नेपाली कांग्रेस अछाम-बाँके सम्पर्क समितिको सदस्य रहेका देवकोटा जिपी कोइराला फाउण्डेसन बाँकेको जिल्ला सदस्यको जिम्मेवारीमा छन् । यसबाहेक विभिन्न सामाजिक क्षेत्रमा पनि उनको उत्तिकै योगदान छ ।
नेपाल बिद्यार्थी संघको नेतृत्वमा बाँकेमा भएका आन्दोलनमा अग्रपंक्तिमा उभिएका देवकोटा पटक पटक प्रहरीको हिरासत बस्नुका साथै घाइते भएका थिए । ‘पार्टीको विचार सिद्धान्तलाई ब्यापक रुपमा फैलाउन, युवाहरुलाई उद्धमशिलतातर्फ डोर्याउन, बलियो संगठन निर्माण गर्न, समाजमा रहेको राजनीतिक वितृष्णा निर्मुल पार्न, समाजलाई समाजवादको उत्कृष्ट मार्गमा डोर्याउन मेरो उम्मेदवारी हो,’ उनले भने । आफुलाई आम मतदाताले निर्वाचित गराउनेमा आशावादी रहेको देवकोटाले बताए ।