नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ४ वटा प्रदेश सभा क्षेत्रमा आइतबार(भोली) मतदान हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईका अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) र (ख) तथा क्षेत्र नम्बर २ (क) र (ख) मा मतदान हुने भएको हो ।
प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापति पदमा जुगलाल थारु र लक्ष्मण थारुबीच प्रतिस्पर्धा हुने भएको छ । उप-सभापतिमा अम्मरबहादुर बुढाथोकी, मानबहादुर खड्का, हरिवंश मौर्य र हरिभक्त ओली, सचिवमा कमलराज कार्की, गुरुमोरत यादव, गंगाराम थारु र भोलाप्रसाद मौर्य मुराउ तथा सह-सचिवमा दरोगा शेख, दिलावती थापा, बाबुराम कुर्मी र सुमनदेवी लोहारको उम्मेदवारी परेको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।
प्रदेश प्रतिनिधीतर्फ खुल्ला र समानुपातिक गरी ३९ जनाको उम्मेदवारी परेको छ । खस आर्य कोटामा भने झुपबहादुर विष्ट निर्विरोध निर्वाचित भएको उनले बताए । फत्तेपुरस्थित निर्माणाधिन विपी स्मृती प्रतिष्ठानमा मतदान सुरु हुने मतदान अधिकृत गिरीले जानकारी दिए ।
यस्तै प्रदेश सभा १ (ख) को सभापतिमा बलराम शर्मा र महाविर ओली, उप-सभापतिमा गुट्टु थारु, गौरव रावल, भाइराम ओली र डा. राजकुमार सुवेदी, सचिवमा अनिताकुमारी बुढाक्षेत्री, पतिराम थारु, भिमप्रसाद पौडेल र लिलबहादुर राना तथा सह-सचिवमा विजय पुडासैनी, यज्ञराज सापकोटा, रुपलाल बुढाथोकी र सिताकुमारी बि.कको उम्मेदवारी परेको मतदान अधिकृत रुपनारायण विसीले जानकारी दिए । प्रदेश प्रतिनिधीतर्फ खुल्लामा १९ र समानुपातिकमा १८ जनाको उम्मेदवारी परेको उनले बताए । आइतबार बिहान ९ बजेबाट कोहलपुरस्थित सितभण्डारमा मतदान सुरु हुने विसीले जानकारी दिए ।
यसैगरी प्रदेश सभा क्षेत्र नम्बर २ (क) मा पदाधिकारीसहित ३७ जनाको उम्मेदवारी परेको छ । प्रदेश प्रतिनिधीमा समानुपातिकतर्फ ५ जना निर्विरोध निर्वाचित भइसकेको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिए । सभापति पदमा भने शिवकुमार बर्मा र ज्ञानेन्द्रकुमार चौधरी, उप-सभापतिमा जबर अलि बेहना, दशरथ चन्द, नरबहादुर बोहरा र मनोजकुमार चौधरी, सचिवमा लक्ष्मण सिंह, बेलबहादुर बोहरा, शोभा घर्ती र श्यामसुन्दर बर्मा तथा सह-सचिवमा अमृता कुमारी सिंह, जयप्रकाश खटिक र समसुद्धिन खाँको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत पर्सेलाले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समितिको हलमा आइतबार(भोली) बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा अखबर अलि दर्जी र जितेन्द्रबहादुर हमालको उम्मेदवारी परेको छ । उप-सभापतिमा अभिशेक कुमार श्रेष्ठ, साहबुद्धिन खाँ र सुभासचन्द्र गुप्ता, सचिवमा उदयनारायण मिश्र, गोकर्णबहादुर शाही र फैयाज हुसेन हल्वाईको उम्मेदवारी परेको मतदान अधिकृत ऋषिराज शर्माले जानकारी दिए ।
उनका अनुसार सह-सचिवमा भने राजकुमार बाल्मिकी र विजयविक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधीतर्फ केही समानुपातिक पदमा पनि निर्विरोध भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयमा आइतबार बिहान १० बजे मतदान सुरु हुने उनले बताए ।