नेपालगन्ज : सर्वोच्च अदालतले नेपालगन्जकी अधिकारकर्मी रुबी खानलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।
अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइ गर्दै सर्वोेच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सह-रजिष्टारको जिम्मा लगाउन आदेश दिएको हो । प्रहरीले पूर्वाग्रह राखेर खानलाई पक्राउ गरेको सर्बोच्चले बताएको छ ।
गत साउन ६ गते जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको घटना र गतवर्षदेखी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर निवासी निर्मला कुर्मीको अवस्था अज्ञात सम्बन्धी घटनाको प्रहरीले खोजबिन नै नगरेको भन्दै उनले बाँकेमा केहीदिन प्रर्दशनसहित काठमाडौंसम्म पुगेर आन्दोलनको नेतृत्व गरेकी थिइन ।
न्याय माग्नका लागि भन्दै रुबीसहित नेपालगन्जबाट १४ महिला करिव २० दिन पैदल हिडेर गत अघिल्लो बुधबार काठमाडौं पुगेका थिए । काठमाडौं पुगेको भोलिपल्ट प्रहरीले रुबीलाई बहुबिवाह सम्बन्धी मुद्दाको अनुसन्धानका लागि भन्दै पक्राउ गरी नेपालगन्ज ल्याएको थियो ।
साथै उनलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ ।
सम्बन्धित समाचार :
अधिकारकर्मी रुबी खान हिरासतमै, अदालतको पत्र पर्खिदै बाँके प्रहरी
अधिकारकर्मी रुबीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान
माइतीघरमा प्रर्दशन गरेका बाँकेका महिला र पुरुष नियन्त्रणमा
न्याय माग्दै नेपालगन्जबाट हिडेका पैदल यात्री नवलपरासीमा
शुभकामना बडादसैँको - भिडियो