नेपालगन्ज : गृहनगर नेपालगन्ज आउन लागेका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई ठाउँ-ठाउँमा स्वागत गरिएको छ । मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक नेपालगन्ज आउन लागेका हुन् ।
हमाल सोमबार नेपालगन्ज आइपुग्ने कार्यक्रम रहेको छ । काठमाडौंबाट स्थलमार्ग भएर बुटवल हुदै नेपालगन्ज आउन लागेका मन्त्री हमाललाई आइतबार विभिन्न ठाउँमा शुभेच्छुक तथा नेपाली कांगे्रसका नेता, कार्यकर्ताले स्वागतसँगै बधाई दिएका हुन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित आफन्त कहाँ बसेका छन् ।
हमालले सोमबार बिहान ७ बजे कुसुम बजारमा भेटघाट थाल्नेछन् । ‘बिहान ७ बजे कुसुमका साथीहरुलाई भेट्ने मेरो कार्यक्रम छ, त्यसपछि अगैया, सम्शेरगन्ज हुदै कोहलपुरको कार्यक्रममा सहभागी हुनेछु,’ मन्त्री हमालले आइतबार बेलुका टेलिफोनमा भने । मन्त्री हमालको उपस्थितीमा नेपाली कांग्रेस कोहलपुर नगर समितिले बिहान ९ बजे स्वागत तथा बधाई कार्यक्रम राखेको छ ।
उक्त कार्यक्रममा सहभागी भएर हमालले कोहलपुरमा रहेको एक मन्दिरको दर्शन गर्ने र त्यसपछि कोहलपुरको हवल्दारपुरमा जम्मा भएका शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले बिहान ११ बजेतिर हमाललाई भब्य स्वागत गर्दै मोटरसाईकल र्यालीसहित नेपालगन्जसम्म ल्याउने कार्यक्रम रहेको उनका स्वकिय सचिव तथा कांग्रेस नेता फैयाज अन्सारीले जानकारी दिए ।
नेपालगन्ज आइसकेपछि उनले प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि विभिन्न कार्यक्रममा सहभागी हुने स्वकिय सचिव अन्सारीले बताए । नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका थिए । उनी गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने बताइएको छ ।
यो पनि पढ्नुस् :
गृहनगर नेपालगन्ज आउँदै लुम्बिनी प्रदेशका वन मन्त्री हमाल
नवनियुक्त प्रदेश मन्त्री हमालको जीवनका उतार-चढाप
सहोदर दाजुभाई एकैदिन मन्त्री बन्ने कस्तो संयोग !
बाँकेका सुरेन्द्र हमाल भए लुम्बिनी प्रदेशको वन मन्त्री