नेपालगन्ज : पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले आफुले खुसीका साथ मन्त्री पद त्यागेकाले आफ्नो खुसीलाई साथ दिन बाँकेका कार्यकर्तालाई आग्रह गरेका छन् । पदभन्दा मान-सम्मान नै ठुलो भएकाले आफुले मन्त्री पद त्यागेको उनको भनाइ छ ।
गृहनगर नेपालगन्ज आइपुगेका हमालले बुधबार नेपाली कांग्रेस बाँकेको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘मैले मन्त्री पद पाए, जुन हिसाबमा मैले मन्त्री पद त्याग गरे, त्यो मा म बहुद खुसी छु, मलाई लाग्छ, मेरो खुसीमा तपाईहरु पनि खुसी हुनुस्, पद कुनै ठुलो कुरा होइन, पद त तपाईले भोली पनि पाउन सक्नुहुन्छ, म पनि पाउन सक्छु, पद भन्ने कुरा ठुलो हुन्न, तर मान पाइदैन, सम्मान पाइदैन, सम्मान र मान मैले तपाईहरुको लागि जर्गेना गर्देको छु ।’
बाँके स्वर्गिय सुशिल कोइराला र भाइराजा (रणेन्द्रबहादुर हमाल) को जिल्ला भएकाले बाँके जिल्लाबासीलाई पदको कुनै लोभ नभएको पुर्वमन्त्री हमालले बताए ।
‘एकदमै मन फुकाएर जानुस्, एकदमै खुसी भएर जानुस्, मैले जे गरे, राम्रो गरे, देशको हितको लागि गरे, जनताको हितको लागि, बाँके जिल्लाको बासीको लागि गरेको छु र भविष्यमा पनि यदी बाँके जिल्लाको लागि मैले केही गर्नुपर्छ भनेपछि म आफ्नो शरिरको यति थोपा रगत यस पृथ्बीमा चुहाएर पनि म तपाईहरुको सेवा गर्छु,’ कार्यकर्तालाई उनले भने ।
मन्त्री पदबाट राजिनामा कसैको दवावले नगरेको प्रष्ट्याउँदै भने, ‘म बिहान सधैं पुजा गर्ने मान्छे हुँ, पुजा गर्दाखेरी मेरो आत्माले अब मन्त्री पदमा बस्नु उचित छैन, मैले मनमा संकल्प गरिसके, अब म राजिनामा दिन्छु, मैले मन, वचन र कर्मलाई साक्षी राखेर राजिनामा दिए ।’ तर आफु मन्त्री हुँदा नेपाली कांग्रेसकै केही ठुलो नेताबाट पनि बिरोध आएको हमालले बाँकेका कार्यकर्तालाई सुनाए ।
‘मैले जुन राजिनामा दिएको छु, नेपालको इतिहासमा गणेशमान जीले प्रधानमन्त्री त्याग्नुभयो, सबैलाई थाहा छ, अहिले मैले मन्त्री पद त्यागे, मैले बाँके जिल्लाको गौरव राखिदिएको छु, बाँके जिल्लाको इज्जत राखिदिएको छु, तपाई जहाँ पनि जानुस्, कसैले पनि बाँके जिल्लाका मान्छेहरु पदको लोभी हुदैनन् भन्छन्, हामी बाँके जिल्लाका मान्छेलाई पद चाहिन्न, हामीलाई सम्मान चाहिएको छ ।’
आफु उद्योग मन्त्री भइसकेपछि बन्द भएका उद्योग सञ्चालन गर्ने वातावरण तयार गरिदिएको र अन्य महत्वपुर्ण निर्णय गरिएको बताए । नेता हमालले आगामी चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने ठोकुवा गरे । ‘त्यो बहुमत आइसकेपछि हाम्रो एउटा इतिहास कायम गरौं, बाँके जिल्ला भन्ने बित्तिकै सुशिल दाईको जिल्ला हो भन्ने सम्झिन्छन्, जे होस् सुशिल दाई हाम्रो नेता हुन्, प्रधानमन्त्री भइसकेका छन्, यो बाँके जिल्लाका साथीहरुमा कुनै लोभ छैन, लालच छैन, ठुलो पद छैन, प्रतिष्ठा छैन, आफ्नो स्वाभिमानले बाँचेका छन् ।’
नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर राणासँग जोडेर उनको चौतर्फी बिरोध भएपछि दुई दिनमै मन्त्री पदबाट राजिनामा दिएका थिए ।
गृहनगर नेपालगन्ज आएका पुर्व मन्त्री हमाललाई त्यसअघि नेपालगन्जमा भब्य स्वागत गरियो । बुधधार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज आइपुगेका उनलाई विमानस्थलमै पुगेर कांग्रेस कार्यकर्ताले स्वागत गरेका हुन् । हमाललाई स्वागत गर्न कांग्रेस कार्यकर्ताहरु गाउँ-गाउँबाट ठुलो संख्यामा विमानस्थल परिसरमा पुगेका थिए । पुर्वमन्त्री हमाललाई कार्यकर्ताले र्यालीसहित विमानस्थलदेखी नेपालगन्जको सुर्खेतरोड स्थित पार्टी कार्यालयसम्म ल्याएका थिए ।
भिडियो हेर्नुस् :
सम्बन्धित समाचार पढ्नुस् :
पुर्वमन्त्री गजेन्द्र हमाललाई नेपालगन्जमा भब्य स्वागत
उद्योग मन्त्री हमालको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत
'राजीनामा मेरो व्यक्तिगत कारण हो, पार्टीको दोष छैन'
देउवालाई पत्र बुझाउन बालुवाटार जादै हमाल
उद्योग मन्त्री हमालले गरे राजिनामा दिने घोषणा
नवनियुक्त मन्त्री हमालको पहिलो निर्णयले उद्योगी ब्यवसायीलाई राहत
सहोदर दाजुभाई एकैदिन मन्त्री बन्ने कस्तो संयोग !
मन्त्री हमालको राजनीतिक आरोह-अवरोह